१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्याम्पस पढ्न सहारा खोज्दै दृष्टिविहिन इनावरीको पीडा सुन्ने सरकार कहाँ छ ?

अ+ अ-

भीमदत्तनगर । सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानले व्यापकता पाइरहेका बेला कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मुक्तकमैया शिविरका दृष्टिविहीन इनावरी राना भने क्याम्पस जान नसक्दा निराश छिन् ।

विभिन्न दलका नेतादेखि जनप्रतिनिधि विद्यालय जाने बालबालिकाको अभिभावकत्व ग्रहण गर्नमा व्यस्त छन् । दृष्टिविहीन इनावरीको क्याम्पस पढ्ने इच्छा पूरा हुन सकेको छैन ।

अध्ययन गरेर परिवारको भविष्य बनाउने उद्देश्यका साथ केही वर्षअघिसम्म दुई छोराको सहारामा क्याम्पस आवतजावत गर्दै आएकी इनावरी अहिले गृहिणी जीवन बिताइरहेकी छन् । उनी हाल झलारी मुक्त कमैया बस्तीमा बस्दै आएकी छन्।

शुक्लाफाँटा नगरपालिकास्थित श्रीकृष्ण उच्च माविमा प्रविणता प्रमाणपत्र तहमै पढाइ छाडेकी ३८ वर्षीया इनावरी अध्ययनका लागि वातावरण मिलाइदिन विभिन्न निकायलाई हारगुहार गर्दै आएकी छन् । कहीँकतैबाट सुनुवाइ भएको छैन ।

‘पढेर केही रोजगारी गरौँला सोचेकी थिएँ,’ इनावरीले भनिन्, ‘श्रीमान समेत दृष्टिविहीन भएकाले परिवारको खर्च टार्न धौधौ परेको छ, बीचमै पढाइ छाड्न बाध्य भएँ ।’

शुक्लाफाँटा नगरपालिका–१० स्थित मुक्त कमैया शिविरमा आश्रय लिँदै आएका दृष्टिविहीन दम्पती इन्द्र राना र इनावरीको दैनिकी निकै कष्टपूर्ण रहेको छ । आर्थिक अवस्था कमजोर भएकै कारण जेठो छोरा जीवनले सात कक्षामै पढाइ छाड्नु परेको इनावरीले बताइन् ।

‘छोरालाई त पढाउन सकिएन, श्रीमतीलाई कसरी पढाउने,’ इनावरीका श्रीमान् इन्द्रले भने, ‘श्रीमती अध्ययन गर्न नपाएको भन्दै निराश छिन ।’

स्थानीय तहमा भर्ना अभियानले व्यापकता पाइरहेका बेला राना परिवारलाई सो अभियानले छोएको छैन । दृष्टिविहीन इन्द्रले केही समयअघिसम्म झलारी बजारमा मजदुरी गरेर परिवारको खर्च जुटाएका थिए थियो । उनी अहिले माछाको व्यापार गर्दै छन् ।

झलारी बजार नजिक नदी छेउमा झुपडी बनाएर माछा बिक्री गर्दै आएका इन्द्रले दैनिक १० देखि १५ किलोसम्म माछा खपत हुने गरेको बताए । ‘जेठो छोरालाई स्कूल पढाउन नसकेपछि माछा पसलमै सघाउँदै आएको छ,’ उनले भने, ‘दुई छोरालाई आर्थिक अभावका कारण पढाउनै नसक्ने भएँ ।’

कान्छा छोरा पवन आठ कक्षामा अध्ययनरत छन् । उनको खर्च जुटाउन दृष्टिविहीन राना दम्पतीलाई धौधौ परेको छ । सरकारले कमैया मुक्त हुँदा दिएको पाँच कट्ठा जग्गामा खेतीसमेत गर्दै आएका इन्द्रले श्रीमती तथा छोराको पढाइ खर्च जुटाइदिन विभिन्न निकायलाई आग्रह गर्दै आएका छन् ।

‘विगतमा दुई छोराले मलाई डो¥याएर क्याम्पससम्म लैजान्थे ।’ इनावरीले भनिन्, ‘अहिले पढाइ छोडनुपर्दा रुन मन लाग्छ ।’

इनावरीले २०५४ सालमा धनगढीको पञ्चोदय उच्च माविबाट एसएलसी उत्तिर्ण गरेकी थिइन् । वि.सं. २०५८ मा झलारी मुक्त कमैया शिविरका दृष्टिविहीन इन्द्र रानासित वैवाहिक जीवनमा बाँधिइन् । केही समय पढाइ गर्न पाएपनि पछि उनले पढाइलाई निरन्तरता दिन सकेनन् । उनले क्याम्पस पढ्न विभिन्न सरकारी तथा गैरसरकारी निकायलाई गुहार्दै आएी छन् । उनको इच्छा भने पुरा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस