यातायात व्यवसायी महासंघका अध्यक्षसहित ५ पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यातायात व्यवसायी महासंघका अध्यक्षसहित ५ पक्राउ


प्रशासन विशेष ब्युरो

२२ बैशाख २०७५, शनिबार


pakrau

काठमाडौँ । नेपाल प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यसहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कर्माचार्यसँगै उपाध्यक्ष विजय स्वाँर, बसन्त भण्डारी, धर्म धिमाल, किरण खड्का रहेका छन् ।

अत्यावश्यक सेवा अवरुद्ध गरेको अभियोगमा अपराध महाशाखाको टोलीले शनिबार साँझ बानेश्वरको एक होटलमा बैठक गरिरहेको अवस्थामा पक्राउ गरेको हो।

सिन्डिकेट पक्षधर व्यवसायीले शुक्रबार देशभर सार्वजनिक यातायात ठप्प पारेपछि कडा रुपमा उत्रिएको सरकारले सिन्डिकेट पक्षधर यातायात व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएसँगै पक्राउ पर्नेक्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस