३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३२ हजार कर्मचारी घरका न घाटका

अ+ अ-

काठमाडौं । देशका विभिन्न सरकारी कार्यालयमा कार्यरत ३२ हजार करार कर्मचारीको अवस्था अहिले न घरको न घाटको जस्तो भएको छ । उनीहरूलाई स्थायी गर्न सकिने नसकिने भन्नेबारे सरकारले अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन।

यसबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ भन्छन् ‘करार कर्मचारी नियुक्ति गरिएका कार्यालय र विभागलाई नै यस विषयमा जानकारी हुन्छ। हामीलाई होइन।’

तर, करार कर्मचारीले सरकारले आफूहरूलाई विस्थापित गर्न खोजेको आरोप लगाएका छन्। उनीहरूले आफूहरूलाई तत्काल स्थायी गरिनुपर्ने माग गरेका छन्।

तत्कालीन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा कार्यरत करार कर्मचारी मानबहादुर वली कर्मचारी समायोजन र मन्त्रालय एकीकृत गर्ने नाममा आफूहरूलाई विस्थापित गर्न लागिएको गुनासो गरे।

उनले भने– ‘कसरी समायोजन गरिने हो, अन्योल छ। आन्तरिक विज्ञापन खोलिने हो कि स्वतः हटाइने हो, कुनै जानकारी छैन।’

अखिल नेपाल अस्थायी करार ज्यालादारी कर्मचारी श्रमिक संघले करार कर्मचारीलाई स्वतः स्थायी र सेवा–सुविधा परिमार्जन गरिनुपर्ने माग राखेको छ।

संघका केन्द्रीय उपाध्यक्ष दुर्गा बस्नेतले भनिन्– ‘ज्यालादारीमा काम गर्नुपर्छ। दैनिक हाजिरीको आधारमा १० देखि १६ हजार रूपैंयासम्म तलब निर्धारण गरिएको छ।’

कोहीको ६ महिना त कोहीको वार्षिक रूपमा काम गर्ने गरी करार सम्झौता भएको बताउँदै वस्नेत थप्छन्– ‘हाम्रो भविष्यबारे हामीबाहेक कसैलाई चासो छैन।’

स्मरणीय छ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा करारमा नयाँ कर्मचारीहरू थप्दा जनशक्ति व्यवस्थापनसम्बन्धी कार्यविधि २०७४ (नमुना कार्यविधि) स्वीकृत गरेको छ। यो कार्यविधीअनुसार स्थानीय तहले आवश्यकता हेरेर करार कर्मचारी नियुक्ती गर्न सकिनेछ । यो खबर हामीले आजको नेपाल समाचारपत्रबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस