५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वैच्छिक अवकासमा जाने कर्मचारीको विवरण उपलब्ध गराउन सामान्य प्रशासन सचिवलाई सूचना आयोगको निर्देशन

अ+ अ-

काठमाडौं । सूचना आयोगले सामान्य प्रशासन मन्त्रालयका सचिवलाई सात दिनभित्र सूचना उपलब्ध गराउन निर्देशन दिएको छ ।

स्वैच्छिक अवकासमा सहभागी कर्मचारीहरुले पटक–पटक सूचना माग गर्दा पनि सूचना नपाएको भन्दै राष्ट्रिय सूचना आयोगमा निवेदन हालेपछि आयोगले मन्त्रालयका सचिव दिनेश थपलियालाई सात दिन भित्र सूचना उपलब्ध गराउन निर्देशन दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत, मित्रप्रसाद खतिवडासहितले सामान्य प्रशासन मन्त्रालयकाका कार्यालय प्रमुख तथा सचिवलाई विपक्षी बनाइ यही बैसाख १० गते सूचना आयोगमा निवेदन पेश गरेकोमा आयोगले बैसाख १३ गतेको मितिमा नै विपक्षीका नाममा सात दिन भित्र अनिवार्य सूचना उपलब्ध गराई सोको जानकारी आयोगलाई गराउन समेत भनेको छ ।

२०७४ पुष २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम स्वैच्छिक अवकास योजनामा सहभागि हुन तोकिएको ढाँचामा निवेदन पेस गरेको र सोही सूचनाको दफा ४ मा स्वैच्छिक अवकासमा सहभागि हुने कर्मचारीले निवेदन दिने तरिकाको उपदफा ४.४ मा व्यवस्था भए वमोजिम स्वैच्छिक अवकासका लागि निवेदन दिएका कर्मचारीहरुको सूची निवेदन दिने अवधि समाप्त भएको तीस दिन भित्र सामान्य प्रशासन मन्त्रालयको वेव साइटमा राखिने भन्ने उल्लेख भएपनि समयावधि सकिएको लामो समयसम्म नराखिएपछि सहभागी कर्मचारीहरुको तर्फबाट सामान्य प्रशासन मन्त्रालयमा सूचनाको माग गर्दै निवेदन दिएका थिए ।

पहिलो पटक सूचना अधिकारीलाई सम्बोधन गर्दै दर्ता गरिएको निवेदन उपर कुनै कारवाही नभएपछि दोस्रो पटक कार्यालय प्रमुखलाई नै सम्बोधन गरेर कर्मचारीले निवेदन दिएका थिए तर सो को पनि उत्तर नपाएपछि अन्त्यमा सूचना आयोगमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस