५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्डिकेटविरुद्ध सरकारसँग वार्ता गर्न तयार छौँ : व्यवसायी

अ+ अ-

काठमाडौं । यातायात क्षेत्रमा देखिएको सिन्डिकेट पक्षमा आफूहरु नरहेको यातायात व्यवसायीले बताएका छन् ।

गणतान्त्रिक यातायात व्यवसायी संगठन तथा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले आज यहाँ आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनीहरुले यातायात क्षेत्रमा सरकारले गरेको सिण्डिकेट अन्त्यको प्रयासमा आफूहरुको पूर्ण सहयोग र समर्थन रहेको बताएका छन् ।

वार्ता संवादबाट यस क्षेत्रका सम्पूर्ण समस्या समाधान गर्न आफूहरु तयार रहेको चर्चा गर्दै उनीहरुले हरेक क्षेत्रमा देखिएको सिन्डिकेटको अन्त्य गरेर लामो समयदेखि पेशा, व्यवसाय गर्दै आएका व्यवसायी, मजदुर, कर्मचारीको संरक्षण गरी आधुनिक नेपाल निर्माणमा हातेमालो गर्न आफूहरु तयार रहेको बतएका छन् ।

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका अध्यक्ष श्रीप्रसाद मैनालीले सार्वजनिक यातायात खुल्ला प्रतिस्पर्धामा चल्नुपर्छ भन्ने मान्यता आफूहरुको रहेको उल्लेख गर्दै सिण्डिकेट अन्त्यगर्ने सरकारको कदममा हाम्रो पनि सहमति छ भने ।

पुराना गाडी कम्पनीमा लैजानुपर्ने सरकारको भनाइप्रति विरोध रहेको बताउँदै उनले यातायात व्यवसायी र सरकारबीच वार्ता र संवादको माध्यमबाट सिन्डिकेटको समस्या समाधान हुनेछ भने ।

गणतान्त्रिक यातायात व्यवसायी संगठनका संयोजक दधिराम खरेलले असार मसान्तपछि यातायात समिति नवीकरण नगर्ने सरकारको निर्णय एकपछि अर्को भएको उल्लेख गर्दै यो निर्णयले यातायात व्यवसायीलाई आतङ्कित पारेको बताए ।

हामी सिन्डिकेटको पक्षधर नभएको बताउँदै उनले अरु यातायात व्यवसायीले सञ्चालन गरेको गाडी छेक्नुहुँदैन भन्ने आफनो मान्यता रहेको धारणा व्यक्त गरे ।

विसं २००७ मा गाडीका पार्टपूर्जा बोकेर ल्याई शुरु गरेको यातायात क्षेत्रमा निम्नमध्यम वर्गको १० खर्ब भन्दा बढी लगानी रहेको र ४० लाख भन्दा बढी मजदुर यस क्षेत्रमा कार्यरत रहेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस