७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माइभ्याली गोल्डकपको उपाधि थ्रीस्टारलाई

अ+ अ-

इलाम । यहाँ आयोजित चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबल ललितपुरले जितेको छ ।

आज भएको फाइनलमा मनाङ मस्र्याङ्दी क्लब काठमाडौँलाई अतिरिक्त समयमा १–० गोलको संघर्षपूर्ण जीत निकाल्दै थ्रीस्टारले उपाधि चुमेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा खेल टुङ्गिएपछि अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयको तेस्रो मिनेटमा थ्रीस्टारका सुनिल बलले गोल गरी टोलीलाई उपाधि दिलाए ।

जीतसँगै थ्रीस्टारले रु छ लाख ६६ हजार ६६६ र ट्रफी पायो । मनाङले भने रु चार लाखमा चित्त बुझाउनुप¥यो । प्रतियोगिताका उत्कृष्ट खेलाडी उपविजेता मनाङका विराज महर्जन घोषित भए । उनले १५० सिसीको यामाहाको स्कूटर प्राप्त गरे । प्रतियोगिताको सर्वाधिक गोलकर्ता आयोजक माइभ्यालीका मनिष थापा, नेपाल पुलिसका रेजिन सुब्बा तथा एपिएफ क्लबका युवराज खड्का र नवीन लामा घोषित भए । खेल अवधिभर दुई दुई गोल गरेका उनीहरुले जनही रु सात हजार प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक विजेता थ्रीस्टार क्लबका एलन न्यौपाने घोषित भए । उनले  १५ हजार प्राप्त गरे । उत्कृष्ट डिफेन्डर विजेता थ्रीस्टारका पिटर, उत्कृष्ट मिडफिल्डर थ्रीस्टारकै सुनिल, उत्कृष्ट फरवार्ड थ्रीस्टारकै विदेशी मार्टिन र उत्कृष्ट प्रशिक्षक थ्रीस्टारकै मेघराज केसी घोषित भए । उनीहरुले जनही रु १५ हजार प्राप्त गरे । त्यसैगरी उदीयमान खेलाडी आयोजक माइभ्यालीका दर्शन गुरुङ घोषित भए । उनले रु २० हजार प्राप्त गरे । यही वैशाख ६ गतेदेखि शुरु भएको प्रतियोगितामा तीन विदेशीसहित नेपालका ‘ए’ डिभिजन क्लब र विभागीय गरी १२ टोलीको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस