एक वर्षमा १ खर्ब बेरुजु, सबैभन्दा बढी भौतिक पूर्वाधार यातायात मन्त्रालयको « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एक वर्षमा १ खर्ब बेरुजु, सबैभन्दा बढी भौतिक पूर्वाधार यातायात मन्त्रालयको


प्रशासन विशेष ब्युरो

१६ बैशाख २०७५, आइतबार


Bhautik

काठमाडौं । यो वर्ष विभिन्न मन्त्रालयमा एक खर्ब नौ अर्ब छ करोड बेरुजु भएको छ। महालेखा परीक्षणले बेरुजु रकममध्ये १७ अर्ब २५ करोड ९५ लाख हिनामिना भएको ठहर गरेको छ।

महालेखाले विभिन्न मन्त्रालय र मातहतका निकायमा ४६ खर्ब ८७ अर्ब ९१ करोड रुपैयाँको लेखापरीक्षण गरेको थियो । १० मन्त्रालय र अन्तर्गतका निकायबाट मात्र १४ अर्ब ४२ करोड ५४ लाख असुल गर्न महालेखाले भनेको छ। बाँकी विभिन्न समिति र संंस्थाबाट २ अर्ब ८३ करोड ४१ लाख असुलउपर हुनुपर्ने औँल्याएको छ। कुल बेरुजु रकममध्ये कर्मचारीले पेस्कीका रूपमा लिएका, तर फर्छ्योट नभएको रकम दुई अर्ब ६९ करोड १० लाख रुपैयाँ छ।

सबैभन्दा बढी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका संगठित संस्थाको छ। एक खर्ब ३३ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ लेखापरीक्षण हुँदा मन्त्रालयको बेरुजु बेरुजु २१ अर्ब २९ करोड ५१ लाख ३३ हजार रुपैयाँ छ। यो खबर हामीले आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस