११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीन पठाउने गैंडा नियन्त्रण गरियो

अ+ अ-

चितवन । नेपाल सरकारले चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैंडामध्ये एउटा भाले गैंडा शनिबार नियन्त्रणमा लिइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार दुई दिनभरको प्रयासपछि शनिबार साँझ निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत खोरिया मुहान र देवीताल नजिकबाट उक्त गैंडा नियन्त्रणमा लिइएको हो ।

शुरुमा पोथी गैंडा नियन्त्रणमा लिने योजना भएपनि अनुकूल नभएपछि भाले गैंडा नियन्त्रणमा लिइएको उनले बताए। करिब दुई वर्षको गैंडा बेहोस बनाएर नियन्त्रणमा लिइएको उनले बताए ।

नियन्त्रणमा लिइएको गैंडालाई निकुञ्जको बाटो हुँदै गाडीमा राखेर सौराहा लगिएको छ । सौराहामा रहेको पिट बुमा (खोर) मा गैंडालाई राखिनेछ। केही दिन खोरभित्रको खाडलमा राखेर गैंडाले खाना खान सहज भएपछि बुमामा छाडिने छ। करिब तीन महिना बुमामा राखेपछि गैंडा चीन पठाइनेछ ।

वैशाख ७ गतेदेखि निकुञ्जको प्राविधिक टोलीले गैंडाको वासस्थान र उपयुक्त ठाउँको खोजी गर्दै आएको थियो। शुक्रबारदेखि नियन्त्रणमा लिने प्रयास गरिएको हो। गैंडा नियन्त्रण र आनीबानी लगायतका कुरा बुझ्न चिनियाँ प्रतिनिधि पनि यसअघि नै आइसकेका छन् ।

विसं. २०७३ साल असारमा प्रधानमन्त्री हुँदा केपी ओलीले चीन सरकारलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस