सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशले थुप्रै संवैधानिक कठिनाई भोग्नु परेको गुनासो गरेका छन् ।
कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) ले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘समावेशी विकास अधिकारको सुनिश्चितता ः सामाजिक न्याय र सम्वृद्धिको पहल’ विषयक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री अधिकार दिए केन्द्रलाई यतैबाट पैसा पठाइने बताए ।
बजेट भन्दा पनि अधिकारको समस्या रहेको शाहीको गुनासो छ । उनले कर्णाली प्रदेशका सरकारी, निजी र गैरसरकारी क्षेत्रका विज्ञहरुलाई गुरुयोजना लिएर विकासमा अगाडि बढ्न आग्रह गरे ।