कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासमा भारतीय सीमा सुरक्षा बल एसएसबीको ज्यादती बढेको छ । भारतीय सीमा सुरक्षा बल एसएसबीले पुनर्वास नगरपालिका–९ मा नेपाली पक्षले जंगली जनावरको आतंकबाट बच्न लगाएको तारबार उखेलेर फालिदिएको छ ।
पिल्लर १९१ देखि १९४ सम्म जंगली जनावरको सुरक्षाबाट बच्न नेपाली पक्षले आफ्नो भू–भागमा लगाउन खोजेको तारबार भारतीय हतियारसहित आएको भारतीय एसएसबी फालि दिएको छ ।
सिमा क्षेत्रमा तारबार लगाउन पाइदैन भन्दै सयौंको संख्यामा आएका भारतीय सीमा सुरक्षा बलको टोलीले तारबार निकालेर फालेको स्थानीएको आरोप छ ।
तारबार लगाउनु अघि दुवैपक्षबीच सहमति भएर काम अघि बढेपनि अन्तिममा आएर एसएसबीले अवरोध गरेको स्थानीएको गुनासो छ ।