३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक जनाकर्मचारीको काँधमा ६ जिम्मेवारी

अ+ अ-

लोमान्थाङ । कर्मचारी अभावले लोमान्थाङ गाउँपालिकामा विनियोजित १४ करोड रुपैयाँ बजेट खर्च गर्न कृषि प्राविधिकको जिम्मा दिइएको छ। प्राविधिक कर्मचारीलाई गाउँपालिकाका वडा र गाउँको आवश्यकता थाहा पाउन र प्राथमिकता निर्धारण गर्न कठिन हुन्छ।

कृषि प्राविधिक प्रकाश पुनको काँधमा आफ्नो नियमित काम छँदै छ, गाउँपालिकाका योजना कार्यान्वयनसहित विभिन्न ६ वटा जिम्मेवारी छन्। लोमान्थाङ गाउँपालिकामा विषयगतबाहेक नै १७ जना कर्मचारीको दरबन्दी छ तर प्रमुख प्रशासकीय अधिकृत र सहलेखापालसहित जम्मा ३ जना मात्र कर्मचारी हुँदा बजेट कार्यान्वयन गर्न पनि गाउँपालिका समस्यामा छ।

गाउँपालिकामा विषयगत कर्मचारीको दरबन्दी नै ९ जनाको छ। ५ वटा मात्र वडा रहेको गाउँपालिकामा जनप्रतिनिधिले योजनासहित बजेट विनियोजन गरे पनि कार्यान्वयन गर्ने कर्मचारी छैनन्। देशमा नयाँ शासन प्रणाली लागू भए पनि उपल्लो मुस्ताङवासीले पहिलेकै जस्तो हैरानी र सास्ती खेप्नुपरेको लोमान्थाङ गाउँपालिका–५ का अध्यक्ष रिन्जिङ दोर्जे बिष्टले गुनासो गरे।

एक जना कर्मचारीले १० गुणासम्म काम गर्नुपर्दा प्रभावकारी काम हुन नसकेको भन्दै तत्काल कर्मचारी व्यवस्थापन गरिदिन बिष्टले सरकारसँग मागसमेत गरे। लोमान्थाङ छोसेर र छुनुप गाविस मिलाएर लोमान्थाङ गाउँपालिका निर्माण भएको हो। बिष्टले यसअघि पनि गाविस सचिवले सदरमुकाममै बसेर झोलामा कार्यालय सञ्चालन गर्दै आएको बताए।

–विषयगतबाहेक १७ कर्मचारीको दरबन्दी

–कृषि प्राविधिकको काँधमा योजनाका भारी

–एक जना कर्मचारीले १० गुणा काम गर्नुपर्ने स्थिति

–योजना कार्यान्वयनमा जटिलता

–गाउँपालिका प्रमुख सुवर्णकुमार बिष्ट भन्छन्, ‘गाउँगाउँमा सिंहदरबारको भाषण कार्यान्वयन होस्’

मन्त्रालयमै पुगेर माग गरे पनि कर्मचारी जान नमानेको भन्दै मन्त्रालयका अधिकारीहरू पन्छिने गरेको गुनासो गाउँपालिका प्रमुख सुवर्णकुमार बिष्टले गरे। ‘कर्मचारी नभएर काम ठप्प हुन्छ, कर्मचारी पठाइदिनुप¥यो भनेर मन्त्रालयमा माग गर्दा पनि यहाँ (मुस्ताङ) जान नमान्ने भन्दै उल्टै गुनासो गर्छन्’, उनले भने, ‘गाउँगाउँमा सिंहदरबार आयो भनेर नेताहरूको भाषण कार्यान्वयनमा ल्याउन तत्काल कर्मचारी व्यवस्थापन गरेर काम गर्ने वातावरण मिलाइदिन मेरो आग्रह छ।’

उपल्लो मुस्ताङकै महत्वपूर्ण मानिएको लोमान्थाङ गाउँपालिकालाई यस वर्ष १४ करोड रुपैयाँ बजेट दिए पनि कर्मचारी नदिएको गुनासो प्रमुख प्रशासकीय अधिकृत सुशीलकुमार अर्यालको छ। ‘काम चलाउनै प¥यो, कर्मचारी अभावले कृषि प्राविधिकलाई योजना शाखा जिम्मा दिएको छु’, उनले भने। कृषि शाखामा कार्यरत प्रशासन सहायक पुनले बजेट कार्यान्वयन गर्दै आएका छन्। कर्मचारी नखटाउने, खटाए पनि हाजिर नहुने, काजमा बस्ने, सदरमुकाम बस्नेजस्ता समस्याले गाउँपालिकाका अधिकांश काममा समस्या हुने गरेको अर्यालको भनाइ छ।

हाल कृषिसहित ३ कर्मचारीले गाउँपालिकाको सबै काम गर्दै आएका छन्। एक गाउँमा एक प्राविधिक पु¥याउने सरकारको लक्ष्यअनुसार कृषि र पशुसेवा गरी दुई जना प्राविधिक करारमा पठाए पनि गाउँपालिकामा नियमित कार्य सञ्चालन गर्ने एक जना पनि कर्मचारी छैनन्। चीनसँग सिमाना जोडिएको र पर्यटकीय स्थलमा विकसित यो गाउँपालिकामा विभिन्न सामाजिक र व्यापारिक गतिविधि बढिरहे पनि कर्मचारी अभावमा कुनै काम अघि बढ्न नसकेको जनप्रतिनिधि गुनासो गर्छन्।

लोमान्थाङ गाउँपालिकाले गर्नुपर्ने कामसमेत सम्पन्न गर्न सकेको छैन। कर्मचारी अभावमा योजना र कार्यान्वयन रणनीति बन्न नसक्दा विकास निर्माणलगायत कुनै पनि काम हुन सकेको छैन। विकास निर्माणका काममा ठेक्का लगाउन सम्झौता र कार्यान्वयन गर्न नसकिएको गाउँपालिका प्रमुख बिष्टको भनाइ छ।

कृषि प्राविधिक प्रकाश पुनको जिम्मामा रहेका काम

१.गाउँपालिकाको सूचना अधिकारी

२.योजना शाखा प्रमुख

३.जिन्सी शाखा प्रमुख

४.वडा ३, ४ र ५ को कार्यालय सचिव

५.कृषि शाखा प्रमुख

६.प्लान्ट क्वारेन्टाइन चेकपोस्ट छोसेर इन्चार्ज

यो खबर हामीले आजको अन्नपुर्ण पोष्टबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस