३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भ्वाइस रेस्ट’ गर्न भनेका गच्छदार ३ घन्टा ५ मिनेट बोले ! 

अ+ अ-

काठमाडौं । बिहान पौने ११ बजे सुरु भएको बिहीबारको बैठकमा सुरुमै बोल्ने पालो पाए पुराना नेता गोपालमान श्रेष्ठले । उनले सवा घन्टा बोलेपछि नेताहरूले ‘भोक लाग्यो’ भन्न थाले । सदस्यहरूको मागअनुसार खाना खान बैठक स्थगित गरियो।

अपराह्न ३ बजेपछि सुरु भएको बैठकमा फेरि श्रेष्ठ नै बोल्न थाले । उनले पौने घन्टा थप बोले । त्यसपछि पालो आयो विजयकुमार गच्छदारको । फोरम लोकतान्त्रिकबाट केही महिनाअघि कांग्रेस भित्रिएका नेता भएकाले उनले विशेष आमन्त्रित सदस्यका रूपमा धारणा राखे ।

‘घाँँटीको समस्या छ, डाक्टरले धेरै नबोल्नु, ‘भ्वाइस रेस्ट’ गर्नु भनेका छन् । म छोटो बोल्छु,’ गच्छदारले भाषण सुरु गरे । तर, उनको भाषणको गति रामायण वाचन गर्न लागेजस्तो शैलीमा अगाडि बढ्यो । ३ घन्टा ५ मिनेट बोल्दा पनि उनको धीत मरेन । बिहीबारको भाषण त यत्तिकैमा अन्त्य गरे, तर शुक्रबार पुनः एक घन्टा बोल्ने गरी । शुक्रबारको बैठकमा गच्छदारले एक घन्टा जति बोल्न सक्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

‘गोपालमान दाइले तीन घन्टा र विजय दाइले तीन घन्टा पाँच मिनेट बोल्दा बिहीबार जम्मा दुई वक्ताले मात्र बोल्नुभयो,’ शर्माले भने, ‘अब शुक्रबार विजय दाइले एक घन्टा जति बोल्नुभयो भने पदाधिकारीले बोलेर बैठक टुंग्याउने तयारी छ ।’ बैठक सकिएपछि निर्णय सार्वजनिक गर्ने बताए।

त्यसो त लामो भाषण गर्नेहरू गच्छदार र श्रेष्ठ मात्रै होइनन् । यसअघिका बैठकमा विमलेन्द्र निधि र डा. प्रकाशशरण महतले दुई–दुई घन्टा तथा मीन विश्वकर्मा र किशोरसिंह राठोरले डेढ–डेढ घन्टा बोलेका थिए । तर, लामो भाषण सुन्नुपर्दा अधिकांश सदस्यले भने पट्यार मानेका थिए । लामो भाषण पट्यारलाग्दो भएको गुरुराज घिमिरेले सुनाए । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस