५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेस्तोल र लागूऔषधसहित ७ भारतीय नागरिक पक्राउ

अ+ अ-

विराटनगर । मोरङ प्रहरीले पेस्तोल र ठूलो परिणामको लागू औषधसहित सात जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

विराटनगरको नोबल मेडिकल कलेज अगाडिको नहर डिलको बाटोबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेटका ३ वटा मोटरसाइकल रोकी ६ जनाको चेकजाँच गर्दा अवैध लागू औषध एभिल १७७५ एम्पुल, डाइजेपाम ५००, स्पास्मो प्रोक्सिभन १७७६ चक्की , नाइट्रोसन ट्याब्लेट ७२५, लुपीजेसिक ५२५, फेनारागन १२५, डाइलेक्स डिसी १३ बोतल बरामद गरेको छ । यस्तै सोही स्थानमा शंकास्पद अवस्थामा रहेका १ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरु मंगलबार साँझ पक्राउ परेका हुन् ।

प्रहरीले बिहार अररिया जिल्ला फारबिसगञ्ज २ बस्ने ३० का प्रमोद भन्ने बिनोद यादवको कम्मरको बाया साइडमा राखिएको पेस्तोल त्यसमा प्रयोग हुने एक थान म्याग्जिनका साथै म्याग्जिनभित्र प्रयोग हुने ६ राउण्ड गोलीसमेत बरामद गरेको जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ८१ हजार नेपाली रुपैयाँसमेत वरामद गरेको छ ।

पक्राउ गरिएका उनीहरुलाई लागु औषध तथा हातहतियार खरखजना अन्तरर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा अररिया बतनाहा ४ का २४ वर्षीय रोहितकुमार शर्मा, फारबिसगञ्जका ३० वर्षीय विनोद यादव, मिल्की डुमरियाका १८ वर्षीय राजाकुमार यादव, २२ वर्षीय निलम देवी यादव, सिमराहा बस्ने २६ वर्षीय प्रकाशकुमार दास, रानीगञ्ज बस्ने ३३ वर्षीय रञ्जितकुमार शर्मा र बरारभत नाजा ७ बस्ने ४० वर्षीय सुरजनारायण यादव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस