५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मौलिक हकसँगै कर्तव्य पालना आवश्यक : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले व्यवस्था गरेका मौलिक हक उपभोगसँगै कर्तव्य पालना गर्नु पनि सबैको दायित्व भएको बताए ।

राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्ने क्रममा आज उनले संविधानले व्यवस्था गरेका सबै मौलिक हक महत्वपूर्ण भएको बताउँदै मौलिक हकसँगै कर्तव्य पनि सँगै गाँसिएको धारणा व्यक्त गरे ।

सूचनाको हकको अभ्यासमा प्रारम्भिक, आधारभूत र मौलिक सूचनाको हकलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले सूचनालाई अनावश्यक रुपमा गोप्य राख्न नहुनेमा जोड दिए। उनले भने, ‘गोप्य भनेको उचित समयसम्म रहन्छ, सर्वकालीन हुँदैन ।’

प्रधानमन्त्री ओलीले भने, ‘सूचना माग्ने हक सरोकारवालाले पाउनुपर्छ तर सामाजिक मर्यादा, वैयक्तिक गोपनीयता र असम्बन्धित विषयका सूचना माग्नु सूचनाको हकसँग सम्बन्धित विषय होइन ।’ सूचनाको हकले नागरिकलाई शिक्षित गर्नुपर्ने उनको भनाइ थियो ।

सो अवसरमा आयोगको आर्थिक वर्ष २०७३/७४ वार्षिक प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्दै आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आयोगले गरेका कामको बारेमा जानकारी गराए । उनले संघीय संरचनाअनुसार सातै प्रदेशमा आयोगको संयन्त्र स्थापना गर्न लागेको र त्यसमा सरकारको सहयोगका अपेक्षा गरे । आयोगले यस आवमा ४९७ उजुरीमध्ये ४९४ फछ्र्यौट गरेको छ ।

आयोगले ७७ जिल्लामा सूचनाको हक सम्बन्धित कार्यक्रम सम्पन्न गरेको छ भने सूचनाको हक प्रभावकारी कार्यान्वयनका लागि यस आवमा चार हजार १४४ आदेश जारी गरेको जनाएको छ । आयोगले सूचनाको हकलाई विद्यालयस्तरका पाठ्यपुस्तकमा समावेश गर्न सफल भएको छ ।

सो अवसरमा आयोगका आयुक्तद्वय किरणकुमार पोखरेल र यसोदादेवी तिम्सिना, आयोगका सचिव मणिराम ओझालगायत कर्मचारी उपस्थित थिए । रासस

प्रतिक्रिया दिनुहोस