५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन : अध्यक्ष दाहाल

अ+ अ-

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताए ।

नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई आज यहाँ सम्बोधन गर्दै उनले दुई देशको बीचमा रहेको नेपालको पनि सँगसँगै विकास भए मात्र दुई देशमा विकासले पूर्णता पाउने बताए ।

अध्यक्ष दाहालले भने, मैले चाहे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुरामा होस् या चीनका राष्ट्रपति सि जिङ् पिङ्सँगको कुरामा होस् मैले भनेको छु तपाइँहरु एक्लै विकास गर्छु भनेर बीचमा भएको नेपाललाई छोड्दिनुभयो भने तपाइँहरुको विकास पूर्ण हुनेवाला छैन ।’अध्यक्ष दाहालले छिमेकी दुई देशको विकासको पूर्णताका लागि पनि नेपाल सबैभन्दा बढी लाभान्वित हुनुपर्ने बताए । पछिल्लो समय दुबै देशसँगको सम्बन्ध थप सुमधुर बन्दै गएको उनले बताए।

पूर्व प्रधानमन्त्री समेत रहो दाहालले आम नेपालीलले सत्ता पक्ष, प्रतिपक्ष, मधेशी, पहाडी, हिमाली सबै मिलेर एकपटक विकासका लागि संकल्प गर्ने बेला आएको बताए । आठ÷दश वर्षमात्रै देशको विकास र सुशासनतिर केन्द्रीत भएर लाग्न सक्यो भने सबैलाई उछिन्ने सम्भावना रहेको दाहालले बताए ।

७० वर्षदेखि प्राप्त गर्न नसकेको चिज यतिबेला प्राप्त भएको भन्दै उनले स्थिरताको सम्भावना मात्रै होइन जगसमेत बसिसकेको बताए । संवैधानिक रुपले, राजनीतिक रुपले, हरेक दृष्ट्रिकोणले नेपालमा अब स्थिरता कायम भएको उनले बताए । उनले भने, ‘कसैलाई कुनै पनि प्रकारको अतिवादतिर जाने अब कुनै ठाउँ छैन, सबै मूलधारतर्फ केन्द्रित हुनुपर्छ’।

कार्यक्रममा उनले शिक्षा स्वास्थ्य र रोजगारी जनताको नैसर्गिक अधिकार भएको भन्दै सरकारले यसलाई विशेष जोड दिने बताउनुभयो । नेपाल नेत्रज्योति संघले स्वास्थ्य, शिक्षासँगै अनुसन्धानात्मक काम गरिरहेको भन्दै उनले प्रशंसा गरे । सो अवसरमा प्रदेशसभा सांसद विजय सुवेदी, मिलनबाबु श्रेष्ठ, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकालले पनि बोल्नु भएको थियो ।

संघका केन्द्रीय अध्यक्ष प्रा.डा. तीर्थप्रसाद मिश्रले नेपालमा १८ अस्पताल र ८४ उपचार केन्द्रमार्फत आँखा उपचार सेवा दिँदै आएको बताए । मिश्रका अनुसार एक वर्षमा करिब तीन लाख ५० हजारको शल्यक्रिया र ३५ लाखलाई सेवा दिँदै आएको छ ।

नेपाल नेत्रज्योति संघका कोषाध्यक्ष चिजकुमार मास्केले देशका ३८ जिल्लामा संघका कार्यालय रहेको बताए । मास्केले दुई दिनसम्म हुने विधान अधिवेशन महत्वपूर्ण भएको भन्दै देशभरबाट झण्डैं २२५ जना प्रतिनिधि सहभागी भई विधान संशोधनसँगै गतवर्ष दिइएको अधिकार अनुरुपका कामका विषयमा छलफल र आउँदो वर्षको बजेट अनुमोदन गर्दै भावी कार्ययोजनाका बारेमा पनि छलफल गरिने बताए । रासस

प्रतिक्रिया दिनुहोस