प्रमुख आयुक्तको निवासमा गृहमन्त्री र प्रहरी प्रमुख ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रमुख आयुक्तको निवासमा गृहमन्त्री र प्रहरी प्रमुख !


प्रशासन विशेष ब्युरो

११ बैशाख २०७५, मंगलबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा मंगलबार ललितपुरको हात्तिबनस्थित प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको निवासमा पुगेका छन् ।

गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित यादवको निवासमा पुगेका गृहमन्त्री थापाले आयोगका पदाधिकारीहरुको सुरक्षामा कुनै कसर बाँकी नराखिने बताएर फर्किएका छन् ।

आयोगका पदाधिकारीहरुको सुरक्षाको विषयमा सरकार गम्भीर रहेको भन्दै उनले उपयुक्त सुरक्षा व्यवस्था मिलाइने प्रतिवद्धता व्यक्त गरे ।

गत आइतबार आयुक्त यादवको निवास बम विष्फोट भएको थियो ।

प्रतिक्रिया दिनुहोस