२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आलु परीक्षणको लागि पठाउने तयारी

अ+ अ-

बनेपा । आलु खन्ने समय शुरु हुन थालेपछि काभ्रेपलाञ्चोकको विभिन्न क्षेत्रका किसानले आलु संकलन गरी परीक्षणको लागि पठाउने तयारी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन (आलु) को बनेपास्थित कार्यालयले जिल्लामा बढी मात्रमा आलु फल्ने क्षेत्र पहिचान गरी त्यसमा के कतिको विषादी प्रयोग गरिएको छ भन्नेबारे किसान, उपभोक्ता एवं सरोकारवालालाई जानकारी दिन नमूना संकलन गर्दैआएको छ ।

सुपरजोन (आलु) बनेपा कार्यालयका प्रमुख किशोरप्रसाद पन्तका अनुसार जिल्लाका करिब ५० वटा स्थानबाट नमूना परीक्षणको लागि आलु संकलन गरिएको छ । आलुमा प्रयोग हुने विषादीको अवस्था थाहा पाउनका लागि विषादी अवलोकन परीक्षण तथा विश्लेषणको लागि नमूना संकलन गरिएको उनको भनाइ छ ।

संकलित आलु कालिमाटीस्थित बाली संरक्षण निर्देशनालय हरिहरभवन अन्तर्गत द्रुत विषादी विश्लेषण प्रयोगशालामा पठाइनेछ । आलुमा अत्यधिक विषादी प्रयोग भएको कुरा आएपछि किसानले आलुको मूल्य नपाउने अवस्था आएको पन्त बताउँछन् । ‘परीक्षण गरे किसानले उत्पादन गरेको आलु बिक्रीका लागि सहज हुनेछ,’ उनले भने ।

परीक्षणका लागि पाँचखाल उपत्यका, बनेपाको नाला, धुलिखेल र पनौतीको १०/१० स्थान तथा ढुंखर्क क्षेत्र र मण्डन देउपुरको महादेवस्थानको पाँच/पाँच स्थानबाट आलु संकलन गरिएको छ । विषादी परीक्षणको नतिजा एक महिनाभित्र आउनेछ । जिल्लामा नौ हजार ७५० हेक्टर क्षेत्रफलमा आलुखेती हुनेगरेको तथ्यांक छ । रासस

प्रतिक्रिया दिनुहोस