१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजबाट नगरपालिकाका काम सञ्चालन, जनप्रतिनिधिद्वारा सुरक्षाको माग

अ+ अ-

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाको प्रमुख मदनसुन्दर श्रेष्ठमाथि शनिबार साँझ उनकै निवासमा भएको साङ्घातिक हमलाको विरोध गर्दै बन्द गरिएको नगरपालिकामा आजबाट काम सञ्चालन भएको छ ।

मध्यपुरथिमि नगरपालिका, सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाले संयुक्त विज्ञप्तिमार्फत नगरप्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेलार्ई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै आइतबारबाट जिल्लाका सबै नगरपालिकाका काम ठप्प पार्ने निर्णय गरेको थियो ।

यद्यपि सधैँ काम रोक्दा सेवाग्राही मर्कामा पर्ने भएकाले सेवाग्राहीलाई ध्यानमा राख्दै आजबाट नगरपालिकाको काम नरोक्ने निर्णय सहित सबै नगरपालिकाले काम सञ्चालन गरेको मध्यपुरथिमि नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिए ।

आक्रमणकारीलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै जनप्रतिनिधिको सुरक्षा माग गरिएको उनले बताए ।

यता प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल समक्ष जिल्ला समन्वय समिति, तीन वटा नगरपालिकाका कार्यालयका प्रतिनिधिले आक्रमणकारीलाई कारवाही गर्न, नगरपालिकामा सुरक्षा व्यवस्था गर्न र जनप्रतिनिधिको सुरक्षाको व्यवस्था गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

जिल्ला समन्वय समितिले पत्रकार सम्मेलन नै गरेर प्रमुख श्रेष्ठमाथिको सांघातिक आक्रमणको घोर निन्दा गर्दै २४ घण्टाभित्र आक्रमणकारीलाई पक्राउ गर्न माग गरेको हो । जिसस प्रमुख नवराज गेलालले दिनदहाडै प्रमुखकै घरमा पुगेर उहाँको निजी सवारी साधन तोडफोड गर्दै प्रमुखमाथि सुनियोजित रुपमा आक्रमण भएको बताउँदै आक्रमणकारीलाई पक्राउ गरी जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाउन माग गरे ।

पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले निरङ्कुश पञ्चायती व्यवस्था र १० वर्षे जनयुद्धमा समेत प्रभाव नपरेको भक्तपुरमा अहिले राजनीतिमा दरार ल्याउने, नगरपालिका र पार्टीमा फुट ल्याउने तत्वबाट श्रेष्ठमाथि आक्रमण भएको आशंका गर्दै जनप्रतिनिधिको सुरक्षाको व्यवस्था गर्न माग गरे ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले भने श्रेष्ठमाथिको आक्रमण आतंककारी गतिविधिको एउटा नमूना भएको बताउँदै दोषी कानूनी कारवाहीबाट कुनै हालतमा उम्कन नसक्ने बताए । उनले आक्रमणकारी छिट्टै पक्राउ हुने र सुरक्षा व्यवस्था कडा पार्ने बताए। यता नेकपा (एमाले) भक्तपुरजिल्ला कमिटीले पनि प्रेस विज्ञप्ति जारी गर्दै एमाले भक्तपुर जिल्ला कमिटी सचिवालय सदस्य एवं एमाले मध्यपुरथिमि नगर संयोजकसमेत रहेका श्रेष्ठमाथि भएको आक्रमणको निन्दा गर्दै आक्रमणकारीलाई कारवाहीको माग गरेको छ ।

एमाले जिल्ला अध्यक्ष बचन देउजाले आक्रमणकारीलाई २४ घण्टाभित्र पक्राउ गरी कारवाही नगरे कडा आन्दोलन गर्ने बताए । त्यस्तै नेपाली काँग्रेस मध्यपुर नगर समितिले पनि नगरप्रमुख श्रेष्ठमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ । नेपाल नगरपालिका कर्मचारी एशोसिएसनले पनि दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस