२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एडिबीको सहयोगमा पूर्वाधार निर्माण हुँदै

अ+ अ-

कञ्चनपुर । एशियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजनाको कार्य तीव्ररुपमा अगाडि बढेको छ । ९७ करोडको ऋण सहयोगमा सञ्चालित आयोजनाअन्तर्गत एकीकृत फोहरमैला व्यवस्थापन क्षेत्र, सडक र नगरपालिका भवनलगायतका पूर्वाधार निर्माणका कार्य अगाडि बढेका हुन् ।

आयोजनाका इञ्जिनियर छविलाल पनेरुका अनुसार फोहरमैला व्यवस्थापन क्षेत्रका लागि माटो जाँचको कार्य अगाडि बढेको छ । माटोको तहको जाँचसँगै पानीको सतहबारे जाँच गर्नका लागि तीन वटा बोरिङ गाड्ने कार्य पूरा भएको छ । फोहरमैला व्यवस्थापन क्षेत्रका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको छ ।

‘सडक निर्माणका लागि ट्राफिक सर्भे र डिसिपिटीको कार्य पूरा भई विस्तृत डिजाइन गर्ने कार्य भइरहेको छ’ उनले भने । भवन निर्माणको डिजाइनको कार्य अगाडि बढेको छ । नगरपालिकालाई आवश्यक पर्ने शाखाको आकारलाई मध्यनजर गरी कोठाको नक्सांकनको कार्य भइरहेको छ । आयोजनाअन्तर्गत सडक, ढल, कार्यालय भवन, र फोहरमैला व्यवस्थापनको कार्यलाई प्राथमिकतामा रहेका छन् ।

नगरपालिकामा भौतिक पूर्वाधार निर्माणसँगै व्यवस्थित शहरी विकास कार्यक्रम, कार्य सम्पादन मूल्यांकनमा आधारित योजना, मागमा आधारित योजना, वातावरणमैत्री योजना, लैंगिक बजेट, सडक बत्ती, सडक सुधार, कर्मचारी क्षमता विकासलगायतका कार्य पाँच वर्षभित्र पूरा गर्ने गरी योजना सञ्चालन गरिएको छ ।

१५ देखि ३५ मिटर चौडाइ भएको सडकमा पैदलयात्रु, साइकल हिँड्ने बाटो, ड्रेन, ग्रिन बेल्ट, खानेपानी, विद्युत्, सौर्यऊर्जा जडानका लागि जग्गा उपलब्ध हुने र बीच भागमा सडक हुनेछ । यसका लागि नगरपालिकाले जग्गा उपलब्ध गराउने सहमति भएको छ । रासस

प्रतिक्रिया दिनुहोस