लाइभ गर्दागर्दै गोली लागेर पत्रकारको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लाइभ गर्दागर्दै गोली लागेर पत्रकारको मृत्यु


प्रशासन विशेष ब्युरो

१० बैशाख २०७५, सोमबार


बीबीसी । निकारागुआमा भएको विरोध प्रदर्शनमा चलेको गोली लागेर एक पत्रकारको मृत्यु भएको छ ।

बीबीसीका अनुसार स्थानीय पत्रकार एल मेरीदिआनो कार्यक्रमका निर्देशक एंजेल गहोनाको फेसबुकमा लाइभ गर्दागर्दै गोली लागेर घटनास्थलमै मृत्यु भएको जनाएको छ ।

उनले खिचेको भिडियो अहिले भाइरल भएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । भिडियोमा स्थानीयको विरोध प्रदर्शन भइरहेको बेलामा मेयरको कार्यालयमा भएको क्षतिका बारेमा उनले प्रत्यक्ष प्रशारण गरेका थिए । अचानक चलेको गोली लागेर उनको मृत्यु भएको थियो ।

यो गत शनिबार दिउँसोको घटना हो । सरकारविरुद्ध निकारागुआमा भएको यस प्रदर्शनमा १० जनाको मृत्यु भएको बताइएको छ । तर मानवअधिकारसँग सम्बन्धित संगठनहरुका अनुसार मृतकको संख्या २५ भन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस