मन्त्री, सचिवले विदेश भ्रमणमा सके एक करोड « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मन्त्री, सचिवले विदेश भ्रमणमा सके एक करोड


प्रशासन विशेष ब्युरो

९ बैशाख २०७५, आइतबार


काठमाडौं । शेरबहादुर देउवाले नेतृत्व गरेको अघिल्लो सरकारका उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको विदेश भ्रमण क्रममा एक करोड रुपैयाँ खर्च भएको पाइएको छ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५५ औं वार्षिक प्रतिवेदनमा तत्कालीन शिक्षा मन्त्री श्रेष्ठ, शिक्षा सचिवालयलगायत १० जनाले अस्ट्रेलिया र १९ जनाले हङकङ भ्रमण गर्दा ९९ लाख ६३ हजार रुपैयाँ खर्च गरेको पाइएको छ।

उनीहरुले सीप विकास परियोजनाबाट उक्त रकम खर्च गरेको रिपोर्टमा उल्लेख छ। शिक्षा मन्त्रालयबाट महालेखा परीक्षकको कार्यालयमा बुझाइएको विरणमा भने उक्त भ्रमणको विवरण समावेश छैन।

प्रतिक्रिया दिनुहोस