सोचेँ मैले किन होला फूल झरेछ
अर्ग्यानिक रै’छ र पो किरा परेछ
भयो किन उजाड भन्थेँ हाम्रो बगैंचा
दिन दहाडै छिमेकीको साँढे चरेछ
रोपेँ फुल्यो फल्यो अनि खान पर्खिएँ
आफ्नोपाली नआउँदै बोटै मरेछ
जता थियो जिन्दगीको पुरै लगानी
धमिराको बसाइँ पनि त्यतै सरेछ