काठमाडौं । गृह मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय अनुसन्धान विभाग लगेपछि सूचना समन्वय तथा विश्लेषण इकाई स्थापना गर्ने भएको छ ।
गृहले विभागका सह अनुसन्धान निर्देशक (एसएसपी)को इकाई स्थापनाको तयारी थालेको हो ।
इकाई राख्ने प्रस्तावसहितको मन्त्रालयको नयाँ संगठन संरचना मन्त्रीपरिषदबाट स्वीकृत भइसकेको छ ।
इकाईमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १/१ जना एसपी रहने छन् । त्यस्तै ४ जना प्रमुख अनुसन्धान अधिृकत तथा १ जना बरिष्ठ अनुसन्धान सहायकको दरबन्दी राखिएको स्रोतले बताएको छ ।