७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माइभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा

अ+ अ-

इलाम । इलामको ठूलो टुँडिखेलमा वैशाख ६ गतेदेखि सञ्चालन हुन लागेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ ।

वैशाख ६ देखि १७ वैशाखसम्म सञ्चालन हुने गोल्डकपमा दर्शकका लागि बाँसको प्यारापिट निर्माण गरिएको छ । करीब १० हजार दर्शक अटाउन सक्ने क्षमताको प्यारापिट निर्माण गरिएको आयोजक माईभ्याली फुटबल क्लबका अध्यक्ष धीरेन चेम्जोङले जानकारी दिए । यसवर्ष आठ लाख खर्चेर प्यारापिट निर्माण गरिएको हो ।

यसपालि नेपाल, भारत र बंगलादेशका १२ टिमको सहभागिता रहनेछ । भारतको दुर्गापुर स्टिल क्लब, सिक्किम युनाइटेड, बंगलादेशको एएचएम कामारुजमान, त्रिभुवन आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, संकटा, थ्रीस्टार, मनाङ–मस्र्याङ्दी, झापा–११, कास्की–११ र आयोजक माइभ्याली फूटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

विजेताले नगद छ लाख ६६ हजार ६६७ र उपविजेताले चार लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । सर्वोत्कृष्ट खेलाडीले यमाहाको १५० सिसीको मोटरसाइकल प्राप्त गर्नेछन् । त्यसैगरी, सर्वाधिक गोलकर्ताले नगद २५ हजार र म्यान अफ दि म्याचले जनही १० हजार प्राप्त गर्नेछन् । रासस

प्रतिक्रिया दिनुहोस