४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवामा सुरक्षा व्यवस्था थप मजबुत बन्दै

अ+ अ-

रसुवा । सडक सञ्जालले छोएको प्रहरी चौकीमा मोटरसाइकल प्रदान भएपछि सुरक्षा व्यवस्थामा थप प्रभावकारी बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार पारच्याङ, थाम्बुचेत, डाँडागाउँ, स्याफ्रु, टिमुरे प्रहरीचौकीलाई एक/एक वटा मोटरसाइकल प्रदान गरिएको र गाउँ क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीलाई छिटो छरितो सुरक्षा प्रदान गर्न सहजता आएको छ ।

स्थानीय तहमार्फत अहिले गाउँगाउँमा सडक निर्माणको कार्य भएका कारण प्रहरीचौकीमा सुरक्षा जनशक्ति अपुग भएमा जिल्लास्तरबाट तुरुन्तै थप मद्दत पठाउनसमेत सहज हुँदै गएको बताइएको छ । रसुवामा जिल्ला प्रहरी कार्यालय अन्तर्गत ११ प्रहरीचौकी रहेका र जनघनत्व संवेदनशीलतालाई मध्यनजर राखी यथेष्ठ सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । पर्यटकीय क्षेत्र लाङटाङ, थुमन र टाकु प्रहरी चौकीमा भने सडक सञ्जालले छुन बाँकी रहेको छ ।

यस्तै, नेपाल–चीन केरुङ व्यापारका लागि बढ्ने सवारी चापलाई छुट्टै सवारी व्यवस्थापनका ट्राफिक एकाइ र लाङटाङ जाने पर्यटकका लागि स्याफ्रुबेँशी र टिमुरे रसुवागढी क्षेत्रमा तैनाथ रहेको र पर्यटक प्रहरीले लाङटाङ तथा गोसाइकुण्ड र तामाङ सम्पदा मार्गमा पदयात्रा गर्ने पर्यटकको सुरक्षामा केन्द्रित रहेको प्रहरी प्रमुख थापाले बताए । सीमा क्षेत्रको भन्सार एवं अन्तर्राष्ट्रिय सीमा क्षेत्र र निर्माणाधीन साञ्जेन जलविद्युत् आयोजनाको सुरक्षामा सशस्त्र प्रहरी बल र लाङटाङ राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणका लागि नेपाली सेना तैनाथ रहेको सुरक्षा निकायले बताएको छ ।

हाल लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा रहेको नेपाली सेना कालीजंग गणले वन, वनस्पति, वन्यजन्तु संरक्षणको साथै आवश्यकताअनुसार सामाजिक कार्यमा समेत महत्वपूर्ण सहयोग गर्दै आएको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । यसैगरी, नेपाल–चीनबीचको रसुवागढी नाका क्षेत्रको टिमुरेलगायतका आसपास क्षेत्रमा सिसी क्यामरा जडान भएपछि गैरकानूनी क्रियाकलापको निगरानी राख्न अत्यन्तै सहज भएको र अब सामान जाँच गर्ने उपकरणको व्यवस्था हुन पनि सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस