७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाललाई खेलकुदले मात्र चिनाएको छ : सदस्य सचिव विष्ट

अ+ अ-

खोटाङ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपाल विश्वमा खेलकुदका माध्यमबाट मात्र चिनिएको बताए । ‘नेपाललाई विश्वमा कुनै चिजले चिनाएको छ भने खेलकुदले चिनाएको छ,’ उनले भने, ‘राम्रो खान नपाए पनि, नाङ्गो खुट्टाले खेले पनि अमेरिका, बेलायतजस्ता देशलाई हराउने ल्याकत नेपाली खेलाडीसँग छ । खेलकै माध्यमबाट नेपाल विश्वमा चिनिएको छ ।’

खोटाङको दिक्तेलमा सोमबार आयोजित दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अभावै अभावका बीचमा पनि नेपाली खेलाडीले शक्तिशाली भनिएका देशलाई हराएर नेपाली खेलकुदको सम्भावनालाई फराकिलो बनाएको बताए। दिक्तेलस्थित माटीकोरे खेल मैदानमा आयोजना गरिएको कार्यक्रममा सहभागीलाई सम्बोधन गर्दै उनले खेल क्षेत्रलाई उपेक्षा गरेसम्म देशको विकास सम्भव नहुने दाबी गरे । ‘खेलकुदबाट युवा अनुशासित बन्छ, स्वस्थ बन्छ, सभ्य बन्छ, कुलतबाट टाढा रहन्छ,’ उनले भने, ‘खेलकुद अहिलेसम्म उपेक्षामा परेको क्षेत्र हो । खेलकुदलाई यसरी उपेक्षा गरेर विकास सम्भव छैन ।’

सचिव विष्टले नेपाललाई विश्वमा सगरमाथा र गौतमबुद्धको नामबाट मात्र नभै अब खेलकुदको माध्यमबाट चिनाउनु पर्नेमा जोड दिए । ‘सगरमाथा निर्माण हामीले गरेका हैनौँ । बुद्ध पनि धेरै पहिले जन्मिएका हुन् ।’ उनले भने, ‘अब हाम्रो पसिना र मेहनतले नेपाललाई विश्वसामु चिनाउनुपर्छ । त्यो खेलकुदबाट मात्र सम्भव छ ।’ ‘अहिलेको सरकार खेलकुदमैत्री छ,’ उनले भने, ‘मन्त्रिपरिषद्को पहिलो बैठकबाटै हाल रहेका सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान निर्माण गर्ने निर्णय गरिएको छ । यो अहिलेसम्मको कुनै पनि सरकारले गरेको थिएन । हामीले सरकारको निर्णयको स्वागत गरेका छौँ । रासस

प्रतिक्रिया दिनुहोस