स्वैच्छिक अवकास योजनाका सहभागीले सूचना माग गर्दै दोस्रो पटक निवेदन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्वैच्छिक अवकास योजनाका सहभागीले सूचना माग गर्दै दोस्रो पटक निवेदन


प्रशासन विशेष ब्युरो

३ बैशाख २०७५, सोमबार


काठमाडौं । स्वैच्छिक अवकास रोजेका कर्मचारीहरुले विवरण माग गर्दै दोस्रो पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएका छन् ।

सूचनाको हक सम्वन्धी ऐनअनुसार गत चैत १५ गते निवेदन दिएपनि मन्त्रालयले अहिलेसम्म सूचना नदिएको भन्दै कर्मचारीले सोमबार पुनः सूचना माग गर्दै लिखित निवेदन दिएका हुन्।

सूचना अधिकारीले १५ दिन नाघिसक्दा पनि सूचना नदिएपछि सूचनाको हक सम्वन्धी दफा ९ अनुसार दोस्रो पटक सूचना माग गरेका छन् ।

कर्मचारीहरु गणेशप्रसाद गुरागाइँ, मित्रप्रसाद खतिवडा, चम्पा महर्जन, राजेन्द्र कुँवर र जुठे नगरकोटीको संयुक्त हस्ताक्षर रहेको निवेदन राष्ट्रिय सूचना आयोगलाई बोधार्थ दिइएको छ ।

चैत १३ गतेसम्म अद्यावधिक गरेका स्वैच्छिक अवकास चाहेका कर्मचारीको विवरण माग्दै उनीहरुले निवेदन दिएका हुन्।

‘चैत १३ गतेसम्म अद्यावधिक गरेका कर्मचारीको विवरण मन्त्रालयको वेभसाइटमा सार्वजानिक/उपलब्ध गराइदिनुहुन पुनः निवेदन गरेका छौं’ निवेदनमा उल्लेख छ।

समायोजनमा जान नचाहने ९ हजार ६ सय ५६ कर्मचारीले सात वर्षको पेन्सन एकमुष्ट लिने गरी स्वैच्छिक अवकास योजनामा निवेदन दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस