काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको बार्ता कुनै ठोस निष्कर्ष ननिकालि सकिएको छ । पार्टी एकताको विषयमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको प्रधानमन्त्री स्रोतले बताएको छ ।
कम्युनिष्ट पार्टी स्थापना दिवस बैशाख ९ गते दुई पार्टीको एकता गर्ने मिति सार्वजनिक भए पनि पछिल्लो समय माहोल विग्रिदै गएको अवस्थामा उनीहरुबीच झण्डै डेढ घन्टा वान टु वान वार्ता भएको हो ।
दुवै नेताबीच भोली मंगलबार ९ बजे पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको छ । केन्द्रीय कमिटीमा एमाले र माओवादीबाट कतिकति सदस्य हुने भन्ने बिवादका कारण पछिल्लो समय उनीहरुबीच मतभेद देखिँदै आएको छ । एमालेले ७०/३० हुने पर्ने भनिरहेको छ भेन माओवादी केन्द्रले समान ५०र५० हुनु पर्ने बताउँदै आएको छ ।