४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मातातीर्थ कुण्डमा बिहानैदेखि भक्तजनको भीड

अ+ अ-

काठमाडौं । चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

प्रत्येक वर्ष वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औँसीका दिन यहाँ मेला लाग्ने गर्दछ । कुण्डमा स्नान गरेपछि आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । दिवंगत माताको स्मरणमा उक्त कुण्डमा स्नान गरेर पवित्र मनका साथ तर्पण दिएपछि र पोखरीमा हेरेमा जन्म दिने माताको स्वरूपको दर्शन पाइने जनविश्वास छ ।उक्त कुण्डमा वैशाख कृष्ण औँसीका दिन एक जना ग्वालाले प्यास लागेर पानी खान जाँदा दिवंगत भएकी आफ्नो माताको स्वरुप देखेको किंवदन्ती पाइन्छ ।

नगरपालिकाका उपप्रमुख लीसा नकर्मीले त्यहाँ आउने भक्तजनको सुविधाका लागि सुरक्षाकर्मी, स्वयम्सेवकको व्यवस्थापन गरिएको जानकारी दिए । उनका अनुसार दिवंगत भएकी माता प्रसन्न भइदिएको आशीर्वादको प्रभावले छोराछोरीहरू शान्ति, सुखी र समृद्धि हुने पनि विश्वास गरिएको छ । उक्त स्थानलाई धार्मिक पर्यटकीयस्थलका रुपमा प्रवद्र्धन गर्न गृहकार्य भइरहेको उपप्रमुख नकर्मीले जानकारी दिए ।

स्वस्थानी कथामा यो कुण्डमा सतीदेवीको अंग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको प्रसंग पाइन्छ । हिन्दू धर्मावलम्बीले जन्म दिने आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन मान्यता तथा विश्वासका साथ सो तीर्थस्थलमा मेला भर्न आउने गर्दछन् । विशेषगरी आमा दिवंगत भएका भक्तजन आउने उक्त तीर्थस्थलमा काठमाडौंतथा त्यस वरपर क्षेत्रबाट भक्तजनको सहभागिता बढेको छ । आमाप्रति सम्मान गर्ने र आमालाई सम्झने दिनका रुपमा हिन्दूले आजको दिन दिवसका रुपमा मनाउने गर्दछन् । स्थानीय गुर्जुधारादेखि मातातीर्थसम्म चल्ने सवारी साधनलाई आज निषेध गरी अन्यत्रैबाट वैकल्पिक व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस