९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपराधीलाई कानूनी दायरामा ल्याउन निर्देशन

अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचबिखन, गुण्डागर्दी र लागुऔषध कारोवारमा संलग्न अपराधीलाई तत्काल कानूनी दायरामा ल्याउन निर्देशन दिएका छन् ।

महानिरीक्षक खनालले आज उपत्यकास्थित प्रहरी कार्यालयमा कार्यरत अधिकृत तथा जवानलाई सम्बोधन गर्दै अपराधीलाई तत्काल कानूनी दायरामा ल्याउन प्रहरी कर्मचारी निर्भिक र निडर भई निष्ठाका साथ काम गर्नुपर्ने बताए ।

‘राष्ट्र र नागरिकको अपेक्षाअनुरुप आफ्नो व्यावसायिक ज्ञान, सीप र दक्षताको उच्च प्रयोग गर्दै पूर्ण इमानदारिताका साथ काम गरी उत्कृष्ठ कार्य सम्पादन गर्नुपर्छ,’ उनले भने । उनले संगठनले सुम्पेको दायित्वलाई दृढ संकल्पका साथ पूरा गर्न उपलब्ध स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उच्च मनोबलसहित अगाडि बढ्न आग्रह गरे । नयाँ वर्ष नयाँ जोश र उमङ्गकासाथ काम गरी तत्काल नतिजा निकाल्नुपर्ने उनको भनाइ थियो ।

महानिरीक्षक खनालले महिला तथा बालबालिकासम्बन्धी हुने अपराधका विषयमा थप संवेदनशील भएर अनुसन्धान गरी अपराध नियन्त्रणमा जोड दिनुपर्ने बताउँदै भने, ‘असहाय पीडितको गुनासोप्रति चासो दिनुपर्छ, घटनाप्रति मुकदर्शक हुन हुँदैन, र दोषीलाई तत्काल कारबाही गरी कानूनको दायरामा ल्याउनुपर्छ ।’ रासस

प्रतिक्रिया दिनुहोस