९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेना र कर्मचारीले निकुञ्जका माछा खान नपाउने

अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेना बस्ने निकुञ्ज र मध्यवर्ती क्षेत्रमा माछा खान प्रतिबन्ध लगाइएको छ ।

मुख्य कार्यालय कसरा, सेक्टर, हात्तीसार शाखा, रेञ्जपोष्ट, प्रवेशद्वार, पोष्ट तथा सुरक्षा पोष्टलगायतका स्थानमा पोखरी र नदीका माछा खान वैशाख १ गतेदेखि पूर्ण प्रतिबन्ध लगाइएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालकाअनुसार निकुञ्जका कुनैकुनै पोष्टमा त्यहीँका कर्मचारीले तयारी जाल प्रयोग गर्न दिएको वा बेवास्ता गरी माछासमेत खाने गरेको गुनासो आएपछि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा माछा खान प्रतिबन्ध लगाइएको हो । ढकालले भन्नुभयो, “कुनै ठाउँमा कर्मचारीले नै जाल प्रयोग गर्न दिएर आधाआधा माछा भागबण्डा गरेको भन्ने गुनासो आएपछि यो निर्णय गरिएको हो ।”

नदीहरुमा रहेका माछा दुर्लभ जलचर गोहीको मुख्य आहारा हो । माछा घटेमा गोहीको संख्या घट्दै जाने भन्दै निकुञ्जले नदीमा ठूला जाल प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ भने इजाजत भएकालाई मात्रै सानो जाल प्रयोग गर्न दिइएको छ । निकुञ्जअन्तर्गत ३५० जना कर्मचारी छन् भने सुरक्षार्थ एक हजार नेपाली सेना निकुञ्जमा बस्दछन् ।

निकुञ्जका ५७ स्थायी पोष्टमा निकुञ्जका कर्मचारी र नेपाली सेना आवासीयरुपमा नै बस्ने गर्दछन् । निकुञ्जले यसअघि नै यी ठाउँहरुमा बंगुरको मासु खान प्रतिबन्ध लगाएको छ ।

प्रमुख संरक्षण अधिकृत ढकालले नदीमा माछा मार्नेक्रम निरुत्साहित गर्न यो अभियान थालेको बताए । निकुञ्ज संरक्षणमा परिचालन भएका कर्मचारी र सेना बढी जिम्मेवार हुनुपर्ने भएकाले यस्तो निर्णय गर्नुपरेको उजको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस