काठमाडौं । नेपाल पुलिस एकेडेमीमा कार्यरत सञ्जिब पौडेलको घाँटीमा धारिलो हतियार (व्लेड) ले काट्ने ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं–१८, नरदेवीका २० वर्षीय विक्रम न्यौपाने, काठमाडौं–१७ ढल्कुका १७ वर्षीय अनिल खवास, चितवान भरतपुर घर भइ हाल नरदेवी बस्दै आएका १७ वर्षीय राहुल न्यौपाने, भरतपुर घर भइ काठमाडौं–१८ बस्दै आएका १७ वर्षीय नविन न्यौपाने र धादिङ धार्के घर भइ काठमाडौंको नयाँ बसपार्क बस्दै आएकी १९ जेविका अधिकारी छन् ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त, लैनचौरले ९ क्षेत्रपाटी, ढल्कु र नयाँबजार एरियाबाट नियन्त्रणमा लिएको हो ।