४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जबर्जस्तीकरणी विरुद्ध तीनमहिने अभियान

अ+ अ-

लहान । केही महिनायता जबर्जस्ती करणीका घटना बढ्न थालेपछि सिरहामा प्रहरीले आजदेखि तीनमहिने जनचेतनामूलक अभियान शुरु गरेको छ ।

‘जबर्जस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान कार्ययोजना, २०७४’ तयार पारेर जिल्ला प्रहरी कार्यालयले सो अभियानअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्र र इलाका प्रहरी कार्यालयबाट निर्धारित पाठ्यक्रमअनुसार ग्रामीणस्तरमा शैक्षिक संस्थाका कक्षा ८, ९ र १० का विद्यार्थीलाई प्रशिक्षण दिने, सर्वसाधारणसँग अन्तरक्रिया गर्ने, प्रचारप्रसार र ठाउँ ठाउँमा माइकिङ गर्ने कार्यक्रम राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन भेटवालले जानकारी दिए ।

यौनजन्य हिंसाविरुद्ध नारासहित तुल र पम्प्लेट लिएर पदयात्रा र सडक नाटक प्रदर्शनलगायत कार्यक्रमसमेत गरिने छ । नगर र गाउँपालिकाका उपप्रमुखको संयोजकत्वमा वडाहरूमा महिलालाई सहभागी गराई ‘जबर्जस्ती करणी अपराध’ विषयमा अन्तक्र्रिया गर्ने योजना रहेको उनको भनाइ छ ।

सिरहामा तीन वर्षयता जबर्जस्ती करणी र करणी प्रयासका घटना बढ्दो छ । चालू आर्थिक वर्षको हालसम्ममा सिरहामा ४६ करणी र करणी उद्योगका घटना प्रहरीमा दर्ता भएका छन् ।

गरीबी, अशिक्षा, बेरोजगारी, सामाजिक सञ्जालको दुरुपयोग, महिलाप्रतिको हेपाहा प्रवृत्ति, लागुऔषध दुव्र्यसन, पीडितलाई आर्थिक प्रलोभन, डरधम्की, खुला सीमा, वैदेशिक रोजगारीलगायत कारण जबर्जस्ती करणीका घटना बढिरहेको प्रहरी नायब उपरीक्षक भेटवालको कथन छ ।

घटना हुँदा प्रहरीलाई समयमै जानकारी नआउने र ढिलो गरी प्रहरीमा जानकारी आउँदा कतिपय प्रमाण नष्ट हुने गरेको बताउँँदै भेटवालले भने, ‘अभियानका क्रममा जबर्जस्ती करणी कसरी हुन्छ, भएपछि के गर्ने, दण्ड सजाय के छ, जबर्जस्ती करणीबाट कसरी जोगिने, कस्तो अवस्थामा जबर्जस्ती करणी हुन्छ भन्ने विषयमा सर्वसाधारणमा जनचेतना जगाइनेछ ।’

वैज्ञानिक साधनस्रोत अभाव, अपराधपछि घटना लुकाउने प्रवृत्ति, पैसाको प्रभाव, झुटा जाहेरी, पीडितलाई पीडक पक्षबाट दवाव दिएर जाहेरी गर्न रोक र अनुचित प्रलोभन घटना अनुसन्धानको मुख्य चुनौती भएकाले यसबारेमा पनि अभियानमा छलफल गरिने भेटवालको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस