काठमाडौं । अव सरकारका सबै उच्च अधिकारीले चढ्दै आएको सरकारी गाडीको नम्बर प्लेट अनिवार्यरुपमा सेतो बनाउनु पर्ने भएको छ ।
रातो(निजी)नम्बर प्लेट प्रयुक्त सरकारी गाडीको अत्याधिक दुरुपयोग भएपछि गृहमन्त्रालले कडाइ गर्न लागेको हो ।
भर्खरै गृहमा सरुवा भएका सचिव प्रेमकुमार राइले यसअघि गृहसचिवले चढ्दै आएको रातो प्लेटको गाडीको नम्बर सेतो बनाएर सुरुवात आफैबाट गरेका छन् । यसअघिका प्रायःजसो सबै गृहसचिवले रातो प्लेटको गाडी चढ्दै आएका थिए । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।