३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुरातत्वले जे गरे पनि हुने, हामीले केही गर्न नहुने ? –मेयर शाक्य

अ+ अ-

काठमाडौं । रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर भत्काउनुपर्ने भएको छ। तर काठमाडौं महानगरपालिका र पुरातत्व विभागबीच द्वन्द्व कायम रहँदा करिब चार महिनादेखि मन्दिर पुनर्निर्माणमा समस्या उत्पन्न भइरहेको छ।

आजको नेपाल समाचार पत्रले लेखेको छ –उक्त विवादका कारण मन्दिर र रानीपोखरी पुनर्निर्माणको ठेकेदारको ठेक्का तोड्ने अवस्था आइसकेको छ।

विभागले रानीपोखरीको ड्रइङ डिजाइनसहितको नयाँ नक्सा महानगरपालिकालाई बुझाइसकेको छ। विभागले गत ५ गते महानगरलाई विस्तृत विवरणसहितको नक्सा कामपालाई हस्तान्तरण गरिसकेको छ।

इन्जिनियरद्वय लक्ष्मणराज वासुकला र पू्र्णबहादुर श्रेष्ठले तयार गरेको सो नक्सा कामपालाई हस्तान्तरण गरिसकेको विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए।

काठमाडौं महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्यले नक्सा प्राप्त भइसकेको र विस्तृत छलफल गरेर निर्माण शुरू गर्ने जानकारी दिए। उनले रानीपोखरीको मात्रै नभई मन्दिरको पनि नक्सा तयार हुनुपर्ने बताए। यद्यपि विभागले परम्परागत सामग्री प्रयोग गरेर मात्रै रानीपोखरीको पुनर्निर्माण गर्नुपर्ने सुझाएको छ।

यसबारे थप जानकारी लिँदा मेयर शाक्यले मल्लकालीन शैलीमा नै बनाउनुपर्ने सो मन्दिर राणकालीन शैलीमा बनाइएकाले भत्काउनुपर्ने दाबी गरे। विज्ञ समूहले दिएको प्रतिवेदनको आधारमा मन्दिर निर्माण हुनुपर्ने उनको जिकिर थियो।

‘रानीपोखरीको वरिपरि बनाइएको कंक्रिटको पर्खाल र अन्य संरचनासमेत हटाउने तयारी भइरहेको अवस्थामा पुरातत्व विभागले पेलेर कंक्रिटको पिलरमाथि मन्दिर बनाइरहेको छ,’ उनले भने।

उता सर्वोच्च अदालतले दिएको आदेशका आधारमा सो मन्दिर बनाइएको दाबी गर्दै विभागका महानिर्देशक भेषनारायण दाहालले भने– ‘सर्वोच्चले राणाकालीन शैलीमै मन्दिर बनाई मासिकरूपमा प्रगति प्रतिवेदन बुझाउनुपर्ने आदेश दिएपछि सो कार्य निर्माण गरिएको हो।’ मेयर शाक्यले प्रतिप्रश्न गरे– ‘पुरातत्वले जे गरे पनि हुने ? हामीले केही गर्न नहुने ? पुरातत्वले सो मन्दिर मल्लकालीन शैलीमा नबनाएसम्म समस्या समाधान हुँदैन।’

उनले केही दिनअघि पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पुरातत्व विभाग, कामपा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारीबीच भएको बैठकमा पनि जनचाहना र विज्ञ समूहको सुझावको आधारमा रानीपोखरीको सम्पूर्ण संरचना मल्लकालीन शैलीमै बनाउने अडान राखेको बताए। सो बैठकमा मन्त्री अधिकारीले तत्काल मन्दिर बनाउन सबै पक्षलाई आग्रह गरेका थिए। मेयर शाक्यले मल्लकालीन शैलीमै मन्दिर बनाउन आवश्यक पर्ने सम्पूर्ण रकम कामपाले नै बेहोर्न सक्ने दाबी गरे। महानिर्देशक दाहालले विवाद गर्नुभन्दा समस्या समाधानको बाटो अपनाउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस