३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुद्धको जन्मथलोबारे भारतद्वारा श्रीलंकामा भ्रमपूर्ण प्रचार

अ+ अ-

काठमाडौं । बौद्ध धर्मावलम्बीको आकर्षण केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मथलोबारे गलत सूचना प्रचार भइरहेको पाइएको छ। म्युजियमभित्र राखिएको बुद्धबारेको सूचनामा लेखिएको छ, ‘गौतम बुद्ध, हु वाज बर्न इन इन्डिया।’ आजको कान्तिपुर दैनिकले लेखेको छ ।

सन् २०१७ मा श्रीलंका घुम्न छिरेका २१ लाखभन्दा बढी पर्यटकमध्ये आधाजसो क्यान्डी पुगेको श्रीलंकन टुरिज्म, ट्राभल्स इन्फर्मेसन सेन्टरको तथ्यांक छ। यो तथ्यले क्यान्डी पुग्ने कति धेरै पर्यटकले बुद्धको जन्मथलोबारे गलत सूचना पाइरहेका छन् भन्ने बुझाउँछ।

भारतले बुद्ध नेपालमा जन्मेको अकाट्य तथ्यलाई बंग्याएको कोलम्बोस्थित नेपाली राजदूत विश्वम्भर प्याकुरेल बताउँछन्। गलत सन्देश फैलाइँदा बुद्धको जन्मथलो लुम्बिनी ओझेलमा पर्न सक्ने उनको बुझाइ छ। गलत सूचना फैलिरहेको तथ्यबारे जानकार प्याकुरेलले केही महिनाअघि यसबारे परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेका छन्।

गलत तथ्य सच्याउन परराष्ट्रले कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘बुद्धको जन्मथलो लुम्बिनी नभएर भारत हो भन्ने गलत तथ्य तत्काल सच्याउनुपर्छ। यसबारे परराष्ट्र मन्त्रालयले नै गम्भीरता देखाउनुपर्छ।’

कोलम्बोबाट करिब १ सय १८ किलोमिटर दूरीमा रहेको क्यान्डीमा बुद्धको दाँतको अस्तिधातु छ, जसलाई विश्वभरिका बौद्ध धर्मावलम्बीले श्रद्धाका साथ हेर्छन्। भारतीय म्युजियमभित्र रहेको अन्य तथ्यपरक सामग्रीमा पनि गलत जानकारी रहेको एक श्रीलंकाली पत्रकारले बताए। ती पत्रकारका अनुसार श्रीलंकामा भारतीयले सञ्चालन गरेका कैयन् ट्राभल्स एन्ड टुर्स कम्पनीले बौद्धमार्गी श्रीलंकालीलाई भारतका विभिन्न भूभाग घुमाउँछन् र लुम्बिनी पनि भारतमै पर्ने बताउँछन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौड्याल भने त्यस्तो भ्रमपूर्ण सूचना छ भने त्यसलाई सच्याउन कोलम्बोस्थित दूतावासले नै पहल गर्नुपर्ने बताउँछन्। उनले भने, ‘यस्तै काममा त हो नि दूतावासले भूमिका देखाउने। कोलम्बोस्थित दूतावासले सम्बन्धित निकायमा पत्राचार गरेर यसलाई सच्याइहाल्नुपर्छ।’ प्रवक्ता पौडेलले कोलम्बोस्थित नेपाली दूतावासले यसबारे परराष्ट्रमा पत्राचार गरेको थाहा नभएको बताए। ‘यकिन भन्न सकिनँ, बुझ्नुपर्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस