रोकिन्न खै बलात्कार कसो गर्ने होला,
यस्तै भन्छ अखबार कसो गर्ने होला ?
दानविय व्यवहारले तर्साउदा आफ्नै,
उजाडिन्छ घर सन्सार कसो गर्ने होला ?
कोपिला हो नफक्रदै निमोठ्ने त्यो कार्य,
हुन थाल्यो लगातार कसो गर्ने होला ?
अपराधी बचाउन तिर लाग्दा कानुन,
कहाँ जान्छ खै संचार कसो गर्ने होला ?
खै कसरी देश बन्ला युवा बाटो भुल्दै,
जान थाले कारागार कसो गर्ने होला ?