३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भ्रष्टाचार नियन्त्रणका लागि सदाचार र जवाफदेहिता’

अ+ अ-

काठमाडौँ । भ्रष्टाचार नियन्त्रणका लागि समाजका हरेक व्यक्तिमा सदाचार र जवाफदेहिता हुनुपर्ने यस क्षेत्रका विज्ञले जोड दिएका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालद्धारा आयोजित ‘आजको आवश्यकताः सदाचार शिक्षा र युवा/महिलाको सक्रियता’ विषयको कार्यक्रममा वक्ताले भ्रष्टाचार नियन्त्रणमा युवा र महिलाको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।

कार्यक्रममा सरकारका पूर्वमुख्यसचिव डा. ईश्वरप्रसाद उपाध्यायले व्यक्तिको नियत सफा भयो र प्रणालीका आधारमा काम हुने हो भने धेरै हदसम्म भ्रष्टाचार नियन्त्रण हुने बतए। टिआई नेपालका अध्यक्ष श्रीहरि अर्यालले सुशासनको बहाली र भष्टाचार नियन्त्रण गर्न कानूनको अक्षरशः पालना हुनुपर्ने बताए।

वरिष्ठ अधिवक्ता सविता बरालले पूर्वीय दर्शनमा आधारित नैतिक शिक्षा र ज्ञान ह्रास हुँदै जाँदा व्यक्तिमा सदाचारको ज्ञान पनि घट्दै गएको उल्लेख गर्दै बालबालिकालाई विद्यालयको पढाइसँगै नैतिक शिक्षा दिनुपर्नेमा जोड दिए।

राजनीतिक विश्लेषक श्रीकृष्णअनिरुद्ध गौतमले सरकारका मन्त्री र सांसदले आफ्नो तलब आफैँ बढाउनु सबैभन्दा ठूलो नीतिगत भ्रष्टाचार भएको बताउँदै भ्रष्टाचार गर्नेलाई माफी दिने प्रचलनबाट यसले प्रश्रय पाएको धारणा व्यक्त गरे।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका प्रा डा प्रकाश भट्टराई, टिआई नेपालका महासचिव पद्मिनी प्रधानाङ्ग, पत्रकार आदित्यमान श्रेष्ठलगायतले भ्रष्टाचार नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आफ्नो घरबाटै शुरुआत गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा भ्रष्टाचार नियन्त्रण सम्बन्धमा तयार गरिएको प्रतिवेदन, ‘सत्ता र सदाचार’ नामक पुस्तक र विसं २०७५ को भित्तेपात्रो विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस