९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु

अ+ अ-

मोरङ । बेलबारी नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । को१२प ४६५९ नंको मोटरसाइकललाई को१त ९९१० नंको ट्र्याक्टरले बुधबार राति ठक्कर दिएको थियो ।

ट्र्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि सवार ताप्लेजुङ, मैवाखोला गाउँपालिका–६ बस्ने १७ वर्षीय मिसेत लिम्बूको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

दुर्घटनामा घाइते मोटरसाइकलका चालक मोरङ सुन्दरहरैचा नगरपालिका–१० बस्ने १६ वर्षीय पवन राई र पछाडि सवार २० वर्षीय संगीत राईको धरानमै उपचार भइरहेको छ । ठक्कर दिने ट्र्याक्टरसहित चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस