९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय सेनाका पूर्व जर्नेल भन्दै ठगी गर्ने पक्राउ

अ+ अ-

झापा । आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका एक दम्पती बिहीबार झापामा पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनको आदेशमा इलाका प्रहरी कार्यालय बिर्तामोडले उक्त दम्पतीलाई बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँचथरको साबिक रानीगाउँ–५ घर भई हाल बिर्तामोड बस्दै आएका ४५ वर्षीय प्रकाश भनिने दानबहादुर नेपाल र उनकी ३० वर्षीय श्रीमती ममता नेपाल रहेका छन् ।

चितवनका विभिन्न व्यक्तिलाई भारतीय सेनामा जागिर लगाइदिने भन्दै नगद तथा सुनका गरगहना ठगी गरेर फरार भएको उजुरीपछि जिल्ला प्रशासन कार्यालय चितवनको आदेशमा नेपाल दम्पतीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

बीस दिनअघि उनीहरु बिर्तामोडस्थित जात्रुवाडी चौक नजिकै कोठा भाडामा लिएर बस्दै आएको सूचना पाएपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका नेपाल दम्पतीलाई जिल्ला प्रहरी कार्यालय झापामार्फत जिल्ला प्रशासन कार्यालय चितवन उपस्थित गराइएको छ । केही समययता विभिन्न बहाना बनाएर सर्वसाधारणलाई ठगी गर्ने गिरोह सक्रिय रहेकाले त्यस्ता गिरोहबाट सजग रहनसमेत प्रहरी नायब उपरीक्षक कोइरालाले आग्रह गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस