३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस उपसभापतिमा गोपालमानको दाबी

अ+ अ-

काठमाडौं । कांग्रेस नेता गोपालमान श्रेष्ठले आफूले पार्टी उपसभापतिमा दाबी नछाड्ने बताएका छन् ।

सभापति हुन योग्य र सक्षम व्यक्तिले उपसभापतिमा दाबी गर्नुलाई अनौठो ठान्न नहुने उनको भनाइ छ । १५ वर्षअघि नै उपसभापति र कार्यबाहक सभापति भइसकेकाले अहिले उपसभापतिमा दाबी गर्नु स्वाभाविक भएको उनको भनाइ छ ।

‘देउवाजीलाई १५ वर्षअगाडि तत्कालीन राजा ज्ञानेन्द्रले जेल हाल्दा कार्यबाहक सभापतिका रूपमा पार्टी चलाएको थिएँ,’ श्रेष्ठले भने, ‘अहिले उपसभापतिमा दाबी नगर्ने कुरै भएन ।’

१३औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्दा देउवाले आफूलाई उपसभापति बनाउने आश्वासन दिएको श्रेष्ठको दाबी छ । ‘म सभापति भएपछि उपसभापति तपाईं हुने कुरामा शंकै नगर्नुस् भन्नुभएको थियो, उहाँले आफ्नो वचन पूरा गर्नुहुन्छ भन्ने विश्वास मलाई छ,’ श्रेष्ठले भने ।

उपसभापति हुन पहल गरेका नेता खुमबहादुर खड्काले पनि अन्तिमतिर उपसभापतिमा आफ्नो नाम सिफारिस गरेको श्रेष्ठको भनाइ छ । ‘खुमबहादुरजीले पनि उपसभापतिमा दाबी गर्दै बन्ने पहल गर्नुभएकै हो । तर, आफू नबन्ने पक्का भएपछि उहाँले सभापति देउवासँग गोपालमानजीलाई बनाउने भए मेरो समर्थन रहन्छ भन्नुभएको हो,’ श्रेष्ठले भने, ‘केही दिनअघि खुमबहादुरजीको निधन भएपछि पार्टीले उहाँलाई पूर्वमहामन्त्रीको सम्मान दिएको छ ।

उहाँप्रतिको सम्मान साँचो हो भने मलाई उपसभापति बनाएर प्रतिबद्धता पूरा गर्नुपर्छ, होइन भने खुमबहादुरजस्ता नेताको आत्माले के भन्ला, त्यस विषयमा शेरबहादुरजीले पक्कै सोच्नुहोला ।’

केही दिनअघि मात्र देउवाले आफूलाई महाधिवेशनअघि दिएको वचन सम्झाएको उनले बताए । ‘अस्ति मात्र देउवालाई भेटेर मैले महाधिवेशनअघिको वचन सम्झाएको छु,’ श्रेष्ठले भने, ‘हुन्न भन्नुभएको छैन, मैले आफ्नो दाबी छोड्ने कुरै भएन ।’आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस