४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इँटा भट्टालाई बालश्रममुक्त बनाउन जोड

अ+ अ-

विराटनगर । मुलुकमा सञ्चालित इँटा भट्टालाई बालश्रममुक्त र वातावरणमैत्री बनाउनका लागि जनचेतना जगाउन अभियान सञ्चालन गरिएको छ ।

मुलुकका १४ जिल्लाका २३ इँटा भट्टाको हालै एउटा संस्थाले अध्ययन अनुगमन गरेको थियो । ‘ग्लोबल फेयरनेर इनसेटिभ नेपाल र ग्रेटर विक्र नेपाल’ले आज पत्रकार सम्मेलन गरी इँटा भट्टा बालश्रममुक्त हुनु पर्ने, स्वास्थ्य सुरक्षामा ध्यान दिइनु पर्ने, वातावरण मैत्री हुनुपर्ने, आवास सुविधालगायत कुरामा जोड दिएको छ ।

इन्सेटिभ नेपालका अध्यक्ष होमनाथ आचार्यले इँटा भट्टालाई उद्योगको रुपमा दर्जा दिइनुपर्ने र बालश्रम प्रयोग भएका इँटा उद्योगमाथि निगरानी गरिनुपर्ने बताउनुभयो ।
‘गेटर ब्रिक नेपाल’ का अध्यक्ष डिल्लीराम गिरीले सरकारले इँटा भट्टामा बालश्रम न्यूनीकरणका लागि कानून निर्माण गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष कुमोद अधिकारीले इँटा भट्टालाई बालश्रममुक्त बनाउन महासंघले जनचेतना जागरण अभियानमा सहयोगीको भूमिका खेल्ने बताए ।

संस्थाले अगुमन गरेका इँटा भट्टामा बालबालिकाका लागि आवासीय विद्यालय स्थापना, खेलकूद मैदान, स्वास्थ्य उपचार र स्वस्थ्य आवासको लागि काम गर्दैआएको छ ।

मुलुकभरी इँटा भट्टामा करिब ६ लाख बालमजदुर कार्यरत छन् । एक हजार २९४ इँटा उद्योगमा करिब दुई लाख व्यक्तिले रोजगार पाएका छन् । प्रत्येक वर्ष तीन अर्ब ५० करोडभन्दा बढी इँटा उत्पादन भइरहेको छ भने आगामी सन् २०२० सम्ममा करिब पाँच अर्ब इँटा उत्पादन गर्ने लक्ष्य छ ।
रासस

प्रतिक्रिया दिनुहोस