सुकुमबासीका नाममा समिति, कामै नगरी आठ करोड खर्च « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुकुमबासीका नाममा समिति, कामै नगरी आठ करोड खर्च


प्रशासन विशेष ब्युरो

२९ चैत्र २०७४, बिहिबार


काठमाडौं । २ असार ०७१ मा मन्त्रिपरिषद्को निर्णयअनुसार ७२ जिल्लामा सुकुम्बासी समस्या समाधान समिति गठन गरेको थियो ।

यस वर्ष आयोग र अन्तर्गतका समितिले विभिन्न पदाधिकारी एवं कर्मचारीको तलब भत्तामा चार करोड ७१ लाख, अन्य भत्तामा एक करोड २१ लाख र अनुगमन तथा भ्रमण, फर्निचरलगायतमा दुई करोड ३८ लाखसमेत आठ करोड ३० लाख खर्च गरेको छ । महालेखा भन्छ– उद्देश्यअनुरूपको कुनै कार्य गरेको नदेखिएकाले उक्त खर्च उपलब्धिविहीन भएको छ । आजको नयाँ पत्रिकाले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस