३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाइजो नल्याएको भन्दै गर्भवतीलाई घरनिकाला

अ+ अ-

बुटवल । दाइजो नल्याएको निहुँमा रुपन्देहीकी तीनमहिने गर्भवती महिलालाई श्रीमान् र सासूले कुटपिट गर्दै ‘घरनिकाला’ गरेका छन्। रुपन्देही सैनामैना नगरपालिका–६, कलौनीकी शारदा भट्टराईलाई दाइजोको बहानामा कुटपिट गरिएको हो।

मंसिर २८ गते १९ वर्षीया शारदाले २४ वर्षीय हेमन्त भट्टराईसँग मागीविवाह गरेकी थिइन्। माइती र घरपक्षको सरसल्लाहमै बिहे भएको तीन दिनदेखि नै यातना पाएकी उनी सहनै नसक्ने भएपछि प्रहरीमा उजुरी दिएकी हुन्।

‘बिहे गरेर घर आएको तीन दिनबाटै पिटाइ खाएकी हुँ’, उनले भनिन्, ‘सहनै नसक्ने भएपछि प्रहरीलाई खबर गरें।’

मादकपदार्थ सेवन गर्ने श्रीमान्ले कुट्ने र सासूले उस्काउने गरेको उनको गुनासो छ। बिहे भएकी नन्दले समेत अपशब्दले गाली गर्ने गरेको उनले बताइन्।

पहिलोपटक फागुन २५ गते अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन उनी उजुरी बोकेर इलाका प्रहरी कार्यालय सालझण्डी पुगेकी थिइन्। आठौं पटकसम्म प्रहरी चौकीमा पुग्दासमेत उनले न्याय पाएकी छैनन्।

कक्षा १० पढ्दै गर्दा बिहे गरेकी उनलाई घरबाटै निस्कन यसअघिदेखि नै धम्की दिँदै आएका थिए। विदेशमा रोजगारी गर्ने श्रीमान्ले मदिरा खाएर अभद्र व्यवहार गर्दा परिवारका अन्य सदस्यले झन् उस्काएपछि थप पीडामा परेकी हुन्। दुई दिनदेखि आफन्तको घरमा आ श्रय लिएकी उनले आफ्नो र गर्भको बच्चाको सुरक्षा गरिदिन माग गरेकी छन्।

‘प्रहरीमा पुग्दा मिलेर बस्नू भन्दै पठाउँछन्। घरमा टिक्ने अवस्था भएन’, उनले भनिन्। श्रीमानले केही समयअघि गर्भको बच्चा मार्ने औषधि खान भन्दै कुटपिट गरेपछि उनी थप समस्यामा परेकी छन्। ‘पेटको बच्चा मारेर घर छाडेर जा’, श्रीमानको भनाइ उद्धृत गर्दै उनले भनिन्।

आठौं पटक प्रहरीमा पुगेकी उनलाई प्रहरीले नै मेलमिलाप गर्न भन्दै वडा कार्यालयमा पठाएको थियो। तीन दिनदेखि मेलमिलाप गराउने भन्दै छलफल भइरहेको छ। पीडक पक्ष नै मिलापका लागि राजी नदेखिएको बताइएको छ।

प्रहरीसँग हिंसा गर्दिनँ भन्ने तर घर पुग्नासाथ कुट्ने गरेको शारदाले बताइन्। श्रीमानको कुटाइले शरीरका अंगसमेत सुन्निएका छन्।

इप्रका सालझन्डीका प्रहरी निरीक्षक दीपेश बस्यालले प्रहरीले श्रीमान्– श्रीमतीबीच मिलाप गराउन प्रयत्न गरेको बताए। ‘हामीले पहिलो उजुरीपछि नै अब हिंसा नगर्ने सहमति गरेर पठाएका हौं’, उनले भने। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस