४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेरेसो केन्द्रीय सभाको ४७ औँ महाधिवेशन भोलिदेखि

अ+ अ-

काठमाडौं । सामुदायिक उत्थानशीलताको लागि साझेदारी भन्ने नाराका साथ मानवीय सेवाको सर्वोच्च निकाय नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को केन्द्रीय सभाको ४७ औँ महाधिवेशन भोलिदेखि विराटनगरमा आयोजना हुने भएको छ ।

सो महाधिवेशनले आव २०७३/७४ को वार्षिक प्रगति, आर्थिक र लेखापरीक्षण प्रतिवेदनको समीक्षा गरी आगामी आव २०७५÷७६ को लागि प्रस्तावित कार्यक्रम तथा अनुमानित बजेटमा तय गर्नेछ ।

साथै महाधिवेशनमा भूकम्प प्रतिकार्य कार्यक्रम, विपत् तथा संकट व्यवस्थापन, स्वास्थ्य तथा सामुदायिक सशक्तीकरण, संगठन तथा क्षमता विकास, मानवीय सिद्धान्त तथा कूटनीतिसम्बन्धी गतिविधिलाई प्रभावकारी बनाउने विषयमा गहन छलफल हुने नेरेसोका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिए ।

नेरेसोको सातौँ पञ्चवर्षीय योजनाले सामुदायिक उत्थानशीलताको लागि सबै पक्षको साझेदारी अवधारणालाई अघि बढाउने नीति अवलम्बन गरेको थियो । विशेष गरी विसं २०७२ वैशाख महिनामा गएको विनाशकारी भूकम्पका समयमा खोज, उद्धार तथा राहत एवं त्यसपछि पुनःनिर्माणमा कार्यमा संस्थाले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ ।

भूकम्प अतिप्रभावित १४ जिल्लामा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमले निजी आवास निर्माण, जीविकोपार्जन, खानेपानी र सरसफाइ, स्वास्थ्य क्षेत्रमा समुदायलाई सहयोग गरिरहेको कार्यक्रमका संयोजक उमेश ढकालले जानकारी दिए ।

महाधिवेशनमा ७७ जिल्लाका रेडक्रसका जिल्ला सभापति सहित तीन–तीनजना प्रतिनिधि, केन्द्रीय कार्यसमिति र मनोनीत सभासद् गरी २७५ जनाप्रतिनिधिले भाग लिनेछन् । साथै जुनियर, युवाका साथै शिक्षक नायक सरकारी कार्यालयका प्रतिनिधि, रेडक्रसको अन्तर्राष्ट्रिय समिति, अन्तर्राष्ट्रिय महासंघ तथा विभिन्न मुलुकका राष्ट्रिय सोसाइटीका प्रतिनिधिको सहभागिता रहने छ नेरेसोद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस