३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसमा गच्छदार समूहको असन्तुष्टि यस्तो

अ+ अ-

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपूर्व कांग्रेसमा समाहित विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम पक्षका नेता कार्यकर्ता व्यवस्थापनमा समस्या देखिन थालेको छ।

एक दशकअघि कांग्रेस त्यागेर मधेसी–थारु राजनीतिमा होमिएका गच्छदार गत असोज ३० असोजमा कांग्रेसमै फकिएका थिए। कांग्रेसमा समाहित हुँदा जारी प्रेस विज्ञप्तिमा पार्टी समायोजनबारे ठोस उलेख नभए पनि केन्द्रदेखि तल्लो निकायसम्म पार्टी समायोजन गर्ने सहमति भएको थियो।

सहमतिको चार महिना बित्दा पनि तत्कालीन फोरम लोकतान्त्रिकका नेता–कार्यकर्ताले कांग्रेस समितिमा स्थान नपाएपछि असन्तुष्टि व्यक्त गर्न थालेका छन्। अघिल्लो साता दाङका तत्कालीन लोकतान्त्रिक फोरमका जिल्ला सभापति बिन्तिराम यादवले कांग्रेस कमिटीले समायोजन गर्न नमानेको भन्दै प्रेस सम्मेलन गरी असन्तुष्टि व्यक्त गरे।

महामन्त्री योगेन्द्र चौधरीले एकीकरणको बेलाको सहमतिअनुार पार्टी समायोजन हुन नसक्दा असन्तुष्टि देखिएको पुष्टि गरे। ‘केन्द्रमा सभापति गच्छदारलाई कांग्रेस उपसभापति, १५ जना केन्द्रीय सदस्य बनाउने कुरा भएको थियो’, उनले भने, ‘जिल्लादेखि स्थानीय तहसम्म पार्टी समायोजन गर्ने कुरा थियो।’

केन्द्रीय कार्यसमिति बैठकमा गच्छदार उपस्थित भए पनि उनको पद अहिलेसम्म प्रष्ट छैन। संसदीय दलको नेता निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित भएपछि उनले गच्छदारलाई दलको उपनेता मनोनयन गरेका थिए। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस