४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वेच्छिक अवकाश प्रक्रिया रोकियो

अ+ अ-

काठमाडौं । सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजनमा नजाने कर्मचारीलाई ल्याएको स्वेच्छिक अवकाश प्रक्रिया रोकिएको छ ।

स्वेच्छिक अवकाश प्रक्रियाबारे माथिल्लो तहबाट कुनै निर्देशन नआएकाले रोकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका स्वेच्छिक इकाइका प्रमुख धर्मराज रोकायले जानकारी दिए ।

उनका अनुसार अवकाश प्रक्रियाअनुसार निवेदन दिएका कर्मचारीको नाम गत चैत १३ गते अनलाइनमा सार्वजनिक गर्नुपर्ने कार्यतालिका रहेको थियो । ‘हामीले अवकाशका लागि निवेदन दिएका सबैको विवरण संकलन गरेर मन्त्रालयको वेबसाइटमा राखेर सार्वजनिक गर्ने तयारी गरेका थियौँ’ उनले भने, ‘तर प्रक्रियाबारे माथिल्लो तहबाट कुनै निर्णय नभएपछि हामीले रोकेर राखेका छौँ ।’

अघिल्लो सरकारले कर्मचारीलाई स्वेच्छिक अवकाश ल्याए पनि वर्तमान सरकारले स्वेच्छिक अवकाशमा जाँदा आर्थिक ब्ययभार बढ्ने भएकाले रोक्ने संकेत गरेको थियो ।

स्वच्छिक अवकाशको लागि पुस २९ देखि फागुन १३ गतेसम्म ४५ दिनको समयमा निवेदन माग गरेकोमा चार सचिवसहित नौ हजार ६५६ जनाले अवकाशका लागि निवेदन दिएका छन् ।

सरकारले निजामतीसहित संसद् र स्वास्थ्य सेवाका कर्मचारीलाई स्वच्छिक अवकाशको योजना ल्याएको हो । मन्त्रालयले ५० वर्ष उमेर पुगेका र २० वर्षे सेवा अवधि पूरा गरी निवृत्तीभरण पाउने अवस्थामा रहेका कर्मचारीले अवकाश लिन पाउने व्यवस्था गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस