२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यावसायिक जडीबुटी खेती शुरु

अ+ अ-

म्याग्दी । उच्च पहाडी क्षेत्रमा बाँझिएको जमिनको सदुपयोग र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले मंगला गाउँपालिकामा व्यावसायिक जडीबुटी खेती शुरु गरिएको छ ।

मंगला गाउँपालिका र इलाका वन कार्यालय बाबियाचौरको पहलमा झाँक्रेपानी, धापुङ, किमचौर, सिरकुम, पूर्णगाउँ, थाइवाङ र हिदीमा सतुवाको खेती शुरु गरिएको हो । दशजना कृषक छनोट गरी उनीहरुलाई तालीमसँगै निःशुल्क बिरुवा वितरण गरेर सतुवा खेती शुरु गरिएको जिल्ला सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले बताए ।

धापुङका जितबहादुर मगर, झाँक्रेपानीकी सम्झना रोका, सिरकुमका खडानन्द सापकोटा, पूर्णगाउँका नरबहादुर खत्री, थाइवाङका दधीलाल जैसी, हिदीका हेम शेरपुञ्जा, विष्णु शेरपुञ्जालगायतले १७ हजार सतुवाको बिरुवा लगाएका छन् । जडीबुटी खेतीका लागि गाउँपालिकाले चालू आवमा १० लाख बजेट विनियोजन गरेको छ ।

‘हालसम्म पाँच लाख ७५ हजार खर्च भइसकेको छ,’ उनले भने। समुद्री सहतदेखि एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरको उचाइको चिस्यान र मलिलो माटो भएको भूगोलमा सतुवा खेती गर्न सकिन्छ । सतुवा प्रतिकिलो १० हजारमा बिक्री भइरहेको छ । लगाएको एक वर्षमै सतुवाबाट आम्दानी लिन सकिन्छ ।

व्यावसायिक जडीबुटी खेतीप्रति कृषकलाई आकर्षित गरी उनीहरुको आयआर्जनमा सुधार र बाँझिएका खेतीयोग्य जमिनलाई प्रयोगमा ल्याउने उद्देश्यले सतुवा, टिम्मुरलगायत जडीबुटी खेतीको विस्तार गर्ने योजना रहेको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । रासस

प्रतिक्रिया दिनुहोस