काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । गत फागुनमा स्थगित भएको बलिउड अभिनेता सलमान खानको काठमाडौं आउने कार्यक्रम जेठ १२ मा हुने भएको छ ।
आयोजक ओडीसी इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सीमान्त गुरुङका अनुसार आगामी जेठ १२ गतेका लागि सलमानको कार्यक्रम निश्चित भएको छ ।
मुम्बईस्थित जेए इभेन्ट्सले नेपालमा आयोजक रहेको ओडीसी इन्टरटेनमेन्टलाई पठाएको पत्रमा मे २६ तारिख (जेठ १२) मा सलमानको दबङ टूर नामक काठमाडौंमा हुने उक्त कार्यक्रमको समय निश्चित गरिएको उल्लेख छ ।
काठमाडौंको टुँडिखेलमा गत फागुन २६ मा आयोजना गर्ने भनिएको दबङ टुर नामक उक्त कार्यक्रम विप्लव समूहको धम्कीका कारण अन्तिम समयमा स्थगित गरिएको थियो ।