३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हैदरावाद हाउसमा ओली र मोदीले के भने ?

अ+ अ-

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा नेपाल र भारतले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन्। वक्तव्यमा तीन नयाँ समझदारी समेटिएका छन्। वक्तव्यको बुँदा नम्बर ९ मा कृषि क्षेत्रमा सहकार्य गर्ने, रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग विस्तार गर्ने र जलमार्गबाट नेपाललाई जोड्ने विषय उल्लेख गरिएको छ।

नेपाल अब सगरमाथादेखि समुद्रसम्मःमोदी
भारतीय प्रधानमन्त्री मोदीले नेपालका तीन निर्वाचनपछि नयाँ सरकार गठन भएकोमा नेपाललाई बधाई दिँदै विकासको हरेक प्रयत्नमा साथ दिने वचन दिए । प्रधानमन्त्री ओलीसँग आज हैदरावाद हाउसमा भएका दई बैठकमा मोदीले संघीयतासहितको लोकतन्त्र संस्थागत गर्ने प्रयासमा सघाउने वचन दिएका हुन् । उनले सगरमाथाको देशको पहुँच समुद्रसम्म पुगेको घोषणा गरे ।

मोदीले विकासमा आफ्नो नारा ‘सबका साथ, सबका विकास’ र ओलीको नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल मर्म एउटै रहेको पनि बताए । यी नारा एक–अर्काका परिपूरक रहेको मोदीको भनाइ थियो । मोदीले भने, ‘नेपाल सरकारको प्राथमिकतामा आधारित परियोजनामा भारतले सहयोग गर्नेछ ।’

‘तपाईंहरूलाई भारतमा स्वागत गर्न पाउँदा खुसी लागेको छ’ भन्दै सुरुमा नेपालीमा सम्बोधन गरेका मोदीले अन्तिममा भने, ‘फेरि भेटौँला’ । दुई वर्षअघि नेपाल–भारत सम्बन्ध हिमालयको अखण्डता र गंगाको पवित्रतामा आधारित रहेको बताएका मोदीले यसपटक भने, ‘अब सगरमाथाको देशको पहुँच समुद्रसम्म पुगेको छ । नेपाल भूपरिवेष्ठित रहेन ।’

मोदीले दुवै देश मिलेर सीमापार अपराध नियन्त्रण गर्ने, कृषि, जलविद्युत्मा सहकार्य गर्ने र कार्यान्वयन हुन बाँकी विगतका सम्झौताहरू कार्यान्वयन गर्ने सहमति भएको बताए । उनले काठमाडौं र भारतबीच नयाँ रेलवे निर्माणमा सहमति भएको पनि पत्रकारसम्मेलनमा जानकारी दिए । मोदीले अरुण तेस्रो, सुनकोसी डाइभर्सन र पञ्चेश्वर परियोजना अघि बढ्ने पनि जानकारी दिए ।

तीन चरणको निर्वाचनपछि संघीयतातर्फ नेपालको यात्रालाई अत्यन्त ठूलो उपलब्धि भन्दै मोदीले तारिफ गरे । नेपाली इतिहासको स्वर्णिम अध्याय सुरु भएको पनि उनको भनाइ थियो ।

मोदीले नेपाल–भारत खुला सिमाना सर्वसाधारण जनताको लिभिङ ब्रिज भएको पनि बताए । उनले रामायण सर्किट र बुद्धिस्ट सर्किट निर्माणमा पनि सहयोग गर्ने घोषणा गरे । नेपालको संघीयताका लागि भारतीय अनुभव आदान–प्रदान हुने भन्दै अन्तमा मोदीले भने, फेरि भेटौँला ।

२१औँ शताब्दी सुहाउँदो नमुना सम्बन्धः ओली

प्रधानमन्त्री केपी ओलीले नेपाल र भारतबीच नमुना सम्बन्ध स्थापित गर्न चाहेको बताए । भारतीय समकक्षीसँग वार्तापछि हैदरावाद हाउसमा आयोजित पत्रकारसम्मेलनमा उनले २१औँ शताब्दीअनुकूलको र विश्वासमा आधारित सम्बन्ध नेपालको प्राथमिकतामा रहेको सुनाए । मोदी ८ मिनेट बोलेपछि ओलीले १५ मिनेट सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री ओलीले भारतसँग सम्बन्ध चिसिएको दुई वर्षअगाडि आफू र मोदीबीच भएका कुराकानीलाई पटक–पटक स्मरण गराएका थिए । उनले दुई वर्षयता नेपालले राजनीतिक परिवर्तन गरेको र सामाजिक, आर्थिक रूपान्तरणको यात्रा प्रारम्भ गरेको बताए । मोदीले ओलीका भनाइलाई ध्यानपूर्वक सुनेका थिए ।

ओलीले भने, ‘हामी भारतसँगको सम्बन्धलाई उच्च महत्व दिन्छौँ ।’ आफू प्रधानमन्त्री हुनुभन्दा अघि भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण भएको स्मरण गर्दै ओलीले त्यसका लागि मोदीलाई धन्यवाद दिए ।

ओलीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहले सम्बन्ध नयाँ उचाइमा पुग्ने गरी प्रतिवेदन दिनेमा दुवै प्रधानमन्त्री आशावादी रहेको बताए । उनले जलविद्युत्मा सहकार्यका लागि भारतका सरकारी र निजी क्षेत्रलाई आह्वानसमेत गरे ।

ओलीले भारतसँग व्यापार घाटा कम गर्ने विषयमा मोदीसँग विस्तृत कुराकानी गरेको पनि बताए । नेपालमा उत्पादित बिजुली भारतको खुला बजारमा निर्यात गर्न सहजीकरणका लागि आग्रह गरेको र मोदी पनि सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस